underline

विद्यार्थीको अधिकार र कर्तव्य

Underline

Share:

विद्यार्थीको अधिकार र कर्तव्य

विद्यार्थी भविष्यका कर्णधार हुन्। आजका विद्यार्थी नै भोलिका असल नागरिक हुन्। त्यसैले विद्यार्थीले आफ्ना अधिकार र कर्तव्य दुवैलाई राम्रोसँग पालना गर्नुपर्छ।

विद्यार्थीको पहिलो अधिकार राम्रो शिक्षा प्राप्त गर्नु हो। प्रत्येक विद्यार्थीले जात, धर्म, भाषा, लिङ्ग आदिका आधारमा कुनै भेदभाव बिना शिक्षा पाउने अधिकार राख्छन्। विद्यालयमा सुरक्षित वातावरणमा पढ्न, आफ्ना विचार राख्न, शिक्षकबाट सम्मानजनक व्यवहार पाउन र आवश्यक शैक्षिक सामग्री प्रयोग गर्नु पनि विद्यार्थीको अधिकार हो। विद्यार्थीलाई खेलकुद, कला, सङ्गीत तथा अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर पनि दिनुपर्छ। विद्यालयले सबै विद्यार्थीलाई समान व्यवहार गर्नुपर्छ। विद्यार्थीको अर्को महत्वपूर्ण अधिकार आफ्नो प्रतिभा देखाउने अवसर पाउनु हो। प्रत्येक विद्यार्थीको क्षमता फरक–फरक हुन्छ। कोही पढाइमा राम्रो हुन्छन् भने कोही खेलकुद, चित्रकला, नृत्य, सङ्गीत वा अन्य क्षेत्रमा उत्कृष्ट हुन्छन्। विद्यालयले सबै विद्यार्थीलाई आफ्नो क्षमता विकास गर्ने अवसर दिनुपर्छ। यसले विद्यार्थीमा आत्मविश्वास बढाउँछ र भविष्यमा सफल बन्न प्रेरणा दिन्छ। अधिकारसँगै विद्यार्थीका धेरै कर्तव्य पनि हुन्छन्। विद्यार्थीको मुख्य कर्तव्य नियमित रूपमा विद्यालय जानु, ध्यान दिएर पढ्नु र गृहकार्य समयमै गर्नु हो। शिक्षकको सम्मान गर्नु, विद्यालयका नियम पालना गर्नु र अनुशासनमा बस्नु पनि विद्यार्थीको जिम्मेवारी हो। साथीहरूसँग मिलेर बस्ने र सबैलाई सम्मान गर्ने बानी विकास गर्नुपर्छ।

विद्यार्थीले कक्षाकोठा, पुस्तकालय, खेल सामग्री, बेञ्च, डेस्क, कम्प्युटर तथा अन्य सामग्रीलाई जोगाएर प्रयोग गर्नु आवश्यक हुन्छ। विद्यालय र घर वरिपरिको वातावरण सफा राख्नु पनि विद्यार्थीको कर्तव्य हो।

विद्यार्थीले समयको सही सदुपयोग गर्नुपर्छ। समयमै उठ्ने, पढ्ने, खेल्ने, आराम गर्ने र आफ्नो दैनिक काम योजना बनाएर गर्ने बानीले जीवन सफल बनाउन मद्दत गर्छ। मोबाइल फोन, टेलिभिजन वा सामाजिक सञ्जालको अत्यधिक प्रयोग नगरी पढाइ र सिर्जनात्मक काममा बढी ध्यान दिनुपर्छ।

3 reads

Published on 7/7/2026

Image

Ujjwol Dhakal is s student at Derrwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Ujjwol Dhakal

Grade 6

Roll No: 33023

6

More Articles from

Student

Underline