underline

दसैँ

Underline

Share:

दसैँ नेपालीहरूकाे महान चाड हाे । दसैँ प्रायः असाेज महिनामा पर्छ भने कहिलेकाहीँ कात्तिकमा पनि पर्छ । दसैँ घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म जम्मा पन्ध्र दिन मनाइन्छ । दसैलाई विजयादशमी पनि भनिन्छ । दसैँकाे पहिलाे दिन घटस्थापनामा माटाे माटाे वा बालुवामा जाैँ अर्थात गहुँ छरेर जमरा राख्ने चलन छ । घटस्थापनाकाे दिनदेखि दिन विजयादशमीसम्म दुर्गा भवानीकाे पूजा गर्ने गरिन्छ । विजयादशमीका दिन मान्यजनका हातबाट टीका र जमरा लगाउने चलन छ । मान्यजनबाट आशीर्वाद पनि लिने चलन छ । दसैँ एक रमाइलाे पर्व पनि हाे । दसैँमा टाढा टाढा रहेका मानिसहरू पनि घरम आउने गर्छन् । दसैँमा आफन्तहरूसँग भेटघाट हुन्छ । याे मेलमिलापकाे पर्व हाे । यसलाई राष्ट्रिय पर्व पनि भनिन्छ । यसले समाजमा सद्भाव,सामाजिक एकता कायम गराउँछ । दसैँ नयाँ लुगा लगाउने ,मिठाे परिकार बनाएर खाने , परिवारसँग रमाइलाे गर्ने पर्व हाे । दसैँमा खसी काट्ने र सिकुटी अचार आदि ईबनाइन्छ । मासु खानेहरूले मासुकाे विभिन्न परिकार बनाएर खान्छन् । दसैँमा चङ्गा उडाउने, तास खेल्ने, लङ्गुर गुच्चा खेल्ने र पिङ खेल्ने गरिन्छ । दसैँ मलाई असाध्यै मन पर्छ । मेराे स्कुलमा पनि लामाे बिदा हुन्छ । म दसैँमा आफ्नाे परिवारसँग धादिङ जान्छु । मलाई मासु सबैभन्दा धेरै मन पर्छ । म दसैँमा धेरै रमाइलाे गर्छु ।

1 reads

Published on 2/4/2026

Image

Ujjwol Dhakal is s student at Derrwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Ujjwol Dhakal

Grade 5

Roll No: 33023

2

More Articles from

Student

Underline