underline

मेरो मनपर्ने खेल

Underline

Share:

मेरो मनपर्ने खेल

सर्वप्रथम, खेल भन्नाले रमाइलो, मनोरञ्जन आदिका लागि खेलिने माध्यम हो। खेलहरू धेरै प्रकारका हुन्छन्। केही खेलहरू घरबाहिर खेलिन्छन् भने केही खेलहरू घरभित्र पनि खेल्न सकिन्छ। उदाहरणका लागि, घरभित्र खेलिने खेलहरू चेस, लुडो, तास आदि हुन्। त्यसैगरी, घरबाहिर खेलिने खेलहरू फुटबल, क्रिकेट, बास्केटबल आदि हुन्।

म धेरै खेलहरू खेल्ने गर्दछु। ती खेलहरूमध्ये मलाई सबैभन्दा मनपर्ने खेल फुटबल हो। फुटबल संसारकै सबैभन्दा प्रसिद्ध खेलहरूमध्ये एक हो। फुटबल दुई टोलीबीच खेलिने खेल हो। प्रत्येक टोलीमा ११ जना खेलाडी हुन्छन्। खेलाडीहरूले खुट्टाले बल हानेर विपक्षी टोलीको गोलपोस्टमा गोल गर्न प्रयास गर्छन्। जुन टोलीले बढी गोल गर्छ, त्यही टोली विजेता हुन्छ।

फुटबल खेल्न ठूलो मैदान, एउटा बल र दुईवटा गोलपोस्ट चाहिन्छ। खेल सुरु भएपछि खेलाडीहरूले एकअर्कासँग पास खेल्दै बल अगाडि बढाउँछन्। खेलमा रेफ्री पनि हुन्छ। फुटबल खेल सामान्यतया ९० मिनेटसम्म खेलिन्छ।

फुटबल खेलले शरीरलाई स्वस्थ र बलियो बनाउँछ। खेलाडीहरूले धेरै दौडिनुपर्ने भएकाले शरीर फुर्तिलो हुन्छ। यसले हातखुट्टाको शक्ति पनि बढाउँछ।

फिफा वल्ड कप संसारकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो। लियाेनल मेस्सी,क्रिस्टियानाे राेनाल्डाे र नेइमार जस्ता खेलाडीहरू संसारभर प्रसिद्ध छन्। उनीहरूको खेल हेर्न लाखौँ मानिसहरू उत्साहित हुन्छन्।

नेपालमा पनि फुटबल धेरै लोकप्रिय छ। विद्यालयहरूमा पनि फुटबल प्रतियोगिता आयोजना गरिन्छ। धेरै विद्यार्थीहरू फुटबल खेल्न मन पराउँछन्, किनभने यो खेल रमाइलो हुनुका साथै स्वास्थ्यका लागि पनि लाभदायक छ। म खाली समयमा साथीहरूसँग फुटबल खेल्ने गर्दछु।

1 reads

Published on 6/9/2026

Image

Ujjwol Dhakal is s student at Derrwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Ujjwol Dhakal

Grade 6

Roll No: 33023

4

More Articles from

Student

Underline