नेपालमा प्रविधि सम्बन्धी कानुनको कमी
प्रविधिको विकासको गतिमा आएको प्रगति देखेर खुसी लाग्ने मलाई त्यही प्रगतिबिच नेपालमा त्यस सम्बन्धी कानुनको दुर्गति देखेर आश्चर्य लाग्छ। अबको युग प्रविधिको युग हो भन्ने कुरा त हामीलाई राम्रोसँग थाहा नै छ । मानिसको जीवन सहज बनाउन बनेको प्रविधि सम्बन्धी कानुन बनाउने निकाय “आराम” गरी बसिरहेको जस्तो देखिन्छ । नेपालमा अरू जस्लाई पकडे र नपकडे पनि हाम्रो कानुनले प्रविधिको गतिलाई भने पक्डन सकेको भने छैन । अहिलेको नेपालको कानुनलाई प्रविधिकै पारामाभन्दा नेपाली कानुनले प्रविधिलाई चिने पनि “फ्रेन्ड रिक्वेष्ट” वा “फलो रिक्वेष्ट” भने पठाउन सकेको छैन् । नेपाली कानुन कुनै विक पास्वर्ड जस्तो भएको छ जस्को फाइदा विभिन्न अपराधीहरूले उठाँउछन् ।
प्रविधिको विधिबाट अहिलेको समयमा विभिन्न प्रकारका अपराध हुने गर्छ । नेपाललगायत अन्य धेरै देशहरूमा यस्ता अपराध सम्बन्धी नीति नियम को कमी देखिन्छ । अबको भविष्य मानिने प्रविधिलाई कुनै देशले खास ध्यान नदिएमा देशको भविष्य अन्योलमा देखिन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपालमा प्रविधि सम्बन्धी नियम नै नभएको भने हैन । समस्या यो हो कि नेपालमा नियम छ तर ती नियम अहिलेको प्रविधिसँग चल्न सकेको भने छैन ।
नेपालको इतिहास हेर्ने हो भने वि.सं २०६३ मा जारी भएको ‘इलेक्ट्रोनिक कारोबार ऐन’ र ७२ सालको ‘साइबर क्राइम’ लगायत विभिन्न ऐन देखा पर्छन् तर ती सबै अहिलेको प्रविधिअनुसार चल्न सकेको भने छैन् ।
समयसँगै विभिन्न देशहरूले प्रविधिको क्षेत्रमा कानुनी विकास गर्दैछन् । भारत, चीन, अमेरिका र युरोपेली देशहरूले डिजिटल ट्रान्जेक्सन, गोप्यता संरक्षण, र अनलाइन ठगी नियन्त्रण गर्न कानुन विकास गरेका छन् । तर, नेपालमा प्रविधि सम्बन्धी कानुनहरू समयअनुसार परिवर्तन नगर्नु नै सबैभन्दा ठुलो समस्या बनेको छ । प्रविधिको फाइदा उठाउँदै अपराध गर्नेहरूको पहुँचलाई सीमित गर्न कानुनले प्रविधिको ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरेर ‘फलो’ गर्नु अत्यावश्यक छ । व्यक्तिगत डेटा चोरी हुने, बैंकिङ प्रणाली ह्याक गरिने, वा सामाजिक सञ्जालमा ठगी गरिने जस्ता समस्याहरू दिनप्रतिदिन बढिरहेका छन् । यस्ता अपराधका लागि स्पष्ट कानुनी व्यवस्था नभएको हुँदा अपराधीहरूले सजिलै बच्ने वा आवश्यक दण्ड नपाउने अवस्था छ।
हरेक दिन परिवर्तन र विकास हुने अहिलेको जल्दो बल्दो क्षेत्र र भविष्य बन्न पुगेको प्रविधिसँगै अगाडि बढ्नुपर्छ । कानुनी निकायले प्रविधिको दुरूपयोग गरेर हुन सक्ने ठगी मध्य नजर गरी नियम परिवर्तन गर्नुपर्छ । अहिलेको समयमा प्रविधि सम्बन्धी कानुनलाई सुधार नगर्ने हो भने देशले भविष्यमा थप जटिलता र चुनौतीहरूको सामना गर्नुपर्नेछ । प्रविधिको तीव्र गतिलाई कानुनले पक्ड्न नसके नेपालको डिजिटल भविष्य धमिलिन सक्छ । समयमै आवश्यक कानुनी सुधार गरी प्रविधिको सही सदुपयोगलाई सुनिश्चित गर्नु भनेको देशको दिगो विकासतर्फको महत्त्वपूर्ण पाइला हुनेछ ।
अन्ततः नेपालमा प्रविधिकाे विधिबाट हुने विभिन्न अपराध नियन्त्रण गर्नका लागि सरकारले सर्वप्रथम त हाल लागु गरिएको नीतिमा भएको समस्या पहिचान गर्नुपर्छ । समस्या पहिचान भएपछि ती समस्यालाई मध्यनजर गरी आवश्यक नीति निर्माण गर्नुपर्छ । नेपाल प्रविधिमा पछाडि पर्नु भनेको भविष्यमा पनि पछाडि पर्नु हो । यसका समाधानका लागि हामीले उचित कानुनको कार्यन्वयन गर्नुपर्छ ।
0 reads
Published on 9/19/2024
Aaryan Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaryan Bhurtel
Grade 9
Roll No: 28030
9
More Articles from
Student