underline

गल्तीको क्षति

Underline

Share:

आज त नयाँ वर्ष २०३५ को सुनाैलो दिन हो नि ! भन्दै आमाले आफ्ना छ वर्षीय छोरा आरभलाई बताउँछिन् । सोही क्रममा उनीहरूेको जेठो सन्तान स्वीकार भने कोठामा आफ्नै काममा व्यस्त हुन्छ । आमाले, “ए बाबु जा ! जा ! दाजुलाई बोलाएर आइज” भनि आदेश दिएपश्चयात् आरभ खुर्र दोडदै दाजु स्वीकारको कोठामा जान्छ । राति अबेरसम्म काम गरेर सुतेको स्वीकार भाइले करिब १२ बजे बोलाउन जाँदा पनि सुतिरहेको नै रहेछ । यो कुरा थाहा पाएपछि चकचके आरभ जसरी पनि दाजुलाई उठाँउछ र दाजु आधाँ निद्रा मा उँग्दाउँग्दै उसले दाजुले राति बन्द गर्न बिर्सेको कम्प्युटरमा रहेको कोड हेर्छ । यसका साथै यसो आँखा तन्काएर हेर्दा उसले दाजुको कामको अरू सामग्री देख्छ । “यसले पक्कै केही बिगार्छ” भन्ने उसलाई पूर्व अनुभूति हुन्छ । यसका कारण ऊ मुख भाइले केही चलायो कि भनेर हेर्न जान्छ । दाजुले यो विधि लुकाउनु पर्ने के चाहिँ रहेछ यो भनेर आरभको मनमा कुरा खेल्न थाल्छ । त्यस बेला त ऊ चुपचाप दाजुलाई लिएर आमा बुबा भएको ठाँउ जान्छ तर मनमा भने त्यो प्रश्न रहिरहन्छ ।

स्वीकारले एउटा यस्तो रोबट बनाइरहेको रहेछ जो आफ्नो मालिकको आदेशको पालना गर्छ । उसको त्यो दिनरातको कठोर मिहिनेत र परिश्रमबाट बनेको त्यो रोबोट सानोतिनो काम जुन अहिलेका साधारण ए.आइले गर्छन् । त्यो गर्नुका साथै त्याे रोबोट यति सँगको विकसित हुन्छ कि ऊ ठुलाठुला कम्पनी तथा सरकारको कम्प्युटर पनि ह्याक गर्न सक्छ । यो कुरा बुझेको स्वीकार त्यस ए.आइलाई देशको सरकार वा सेनालाई सुम्पेर नाम कमाउने सपना देख्न थाल्छ । अर्कातिर उसको भाइको मनमा दाजुको के काम थियो ? त्यस्तो उँहा रातदिन एक गरी काम गर्दै हुनुहुन्छ भन्ने प्रश्न मनमा आउन थाल्छ । सरकारलाई नसुम्पन्जेल भाइले केही पनि थाहा नपाओस् भनी बसेको स्वीकारलाई भाइले अलिक अनाैठो पाराले हेरेको देखेर भाइले थाहा पायो कि भन्ने डर पनि हुन्छ ।

नयाँ वर्षको उपलक्ष्यमा केही आफन्तहरू उनीहरूका घरमा आमन्त्रित रहेछन् । उनीहरूको घर नयाँ थियो । यसरी नयाँ घरको बाटो नदेखेका केही आफन्तहरूलाई लिन भनि स्वीकारलाई उसको बुबाले पठाउनुहुन्छन् ।

दाजु जानै नपाइ हतार हतार दाजुको कम्प्युटर चलाउने ठाँउमा जान्छ र त्यहाँ रहेको त्यसको कोड साथीलाई देखाएर साथीहरूमाझ जान्ने बन्न खोज्छ । उसले त्यो ए.आइले कति खतरनाक काम गर्न सक्छ भन्ने कुराको आँकलन पनि गरेको थिएन । केवल सोचेको थियो भने त्यसबाट हुने साधारण काम जस्तै कसैलाई कल गर्ने । अत्यन्तै कठिन हिसाब गर्ने । त्यस समयको अत्यन्तै राम्रो स्तरको ए.आइभन्दा हजार गुना छिटो र राम्रो काम गर्ने यो ए.आइको असली क्षमताबारे ऊ अपरिचित थियो । जोसै जोसमा साथीहरूलाई त्यो ए.आइ पठाउने हुँदा उसले त्यस ए.आइको कोड पनि पठाउँछ । यो कोड एउटाबाट अर्को हुदैँ सार्वजनिक हुन्छ । बिस्तारै त्यो अपराधीहरूको हात पर्छ । त्यसको असली क्षमताबारे उनीहरू भलिभाती परिचित भए । एकै छिनमा यस्तो खतरनाक ए.आइ सार्वजनिक हुँदा त्यसले सबैको ध्यान बटुल्यो । स्वीकारले यो कुरा थाहा पाएपछि तुरुन्तै आफ्नो भाइलाई गाली गर्छ । त्यसपछि उसले समाचार हेर्दा थाहा पाउँछ कि केही अपराधीहरूले यसको दुरूपयोग गरेर आतङ्क मच्चाउन थाले । त्यसपछि स्वीकारले सरकारलाई दिने कुरा सरकारलाई खुलासा गर्छ । उसले एउटा गोप्य कुरा पनि सरकारलाई भन्छ । उसको त्यस ए.आइलाई विश्वयापी रूपमा रोक्न ऊसँग अर्को ए.आइ छ । त्यो बनाउन उसलाई करिब ३-४ दिन र सरकारको सहयोग चाहिँदो रहेछ । त्यसपछि सरकारको सहयोग लिएर उसले त्यस ए.आइलाई रोक्न अर्को ए.आइ बनाउँछ तर त्यस बेलासम्म त्यो ए.आइको प्रयोग गरेर अपराधीहरू निकै क्षति पुर्याइसकेका थिए ।

0 reads

Published on 11/23/2024

Image

Aaryan Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aaryan Bhurtel

Grade 9

Roll No: 28030

9

More Articles from

Student

Underline