अनुभुति नै सफलताको महत्त्वपूर्ण तत्त्व हो
एका देशमा एउटा पर्वत नाम गरेको मानिस थियो । ऊ कर्मशील तथा इमान्दार किसान थियो । ऊ एक साधारण गाऊँले थियो । उसको परिवार मा ऊ, उसकी स्वास्नी बबिता र उसका दुई छोरा रोहन र आरम्भ थिए । उसकी स्वास्नी उसलाई दिनभर खेतमा सघाउने, घासँ काट्ने, घरको काम गर्ने गर्थिन् । उसका छोरा रोहन र आरम्भ अहिले सानै थिए । उनीहरूको घरको आर्थिक अवस्था नाजुक थियो । उसको जेठो छोरो रोहनले आफ्नो घरको यो अवस्था बुझेको थियो । ऊ आफ्नो बुबा जसरी नै असाध्यै कर्मशील र इमान्दार थियो । ऊ पढ्नमा कहिले अल्छी गर्दैनथ्याे र भनेको जे कुरा पनि मान्थियो । ऊ कक्षा ९ मा पढ्थ्यो । ऊ आफ्नो परिवारको पनि सहयोग गर्ने गर्थ्यो । उसको अर्को छोरो आरम्भ भने रोहनको ठयाक्कै विपरीत थियो । ऊ घरको कान्छो छोरा भएर पनि होला उसले खासै आफ्नो कर्तव्य महसुस भने गर्दैन । आरम्भ आफ्नो पढाइप्रति खासै मिहेनती हुँदैन र जहाँ रोहन पढाइमा अबल आउनका साथै घरायसी काममा पनि आफ्नो हात बटाउथ्यो, ऊ न त पढाइमा अबल थियो न त कुनै प्रकारले पनि आफ्ना आमाबुबालाई सहयोग गर्थ्यो ।
पर्वत आफ्नो जेठा छोरामाथि गर्व थियाे । नगरोस् पनि किन उसले आफ्नो बुबाको शिर कहिले झुक्न दिँदैन थियो । अर्कोपट्टि उसको कान्छो छोरो जो कक्षा ६ मा पढ्थ्यो, ऊ जहिले पनि परीक्षामा नराम्रो प्रदर्शन गर्थ्यो र उसका कारण उसका बुबाले उसका गुरुहरूकाे धेरै गुनासो सुन्नुपर्थ्यो । उसलाई यस कुराको केही असर भने गर्दैनथ्यो । ऊ त्यस दिन ज्ञानी भए पनि अर्को दिनबाट फेरि पुरानै पारा देखाउँथ्यो । पर्वत उसका छोराबाट निराश थियो । उसले एक दिन आफ्नो कान्छो छोरालाई जीवनमा सफल भएको हेर्न चाहन्थ्यो किनभने उसलाई असफल व्यक्तिको जीवनका कठिनाइ राम्रोसँग थाहा थियो । उसकी स्वास्नी बबिता ऊ त्यस गहिरो सोचमा बसेको देख्छिन् । ऊ आफ्ना श्रीमान् भएको ठाउँ जान्छिन् र उसलाई सोध्छिन्, “होइन, के कुरा को गहिरो सोचमा डुब्नुभयो तपाईं ? “ पर्वत यति गहिरो सोचमा हुन्छ कि उसले आफ्नी स्वास्नीले भनेको कुरा पनि सुन्दैन र सोचमा नै डुबिरहन्छ । बबिता फेरि उसलाई बोलाउँछिन् र यति बेला उसले सुन्छ र आफ्नी स्वास्नीलाई हेर्छ । उसको अनुहारले ऊ चिन्तित् छ भन्ने कुरा देखाइरहेको थियो । अब हालत यस्तो थियो कि उसको जेठो छोराले प्रगति गर्दा पनि उसलाई कान्छो छोराको पिरले सताउन थाल्यो तर सगैँ आफ्नो जेठो छोरामाथि गर्व गर्थ्यो । उसकी स्वास्नीले उसलाई फेरि सोध्छिन्, “होइन, निकै चिन्तित देखिनु हुन्छ त , के पिर पर्यो तपाईंलाई ? “ लगभग राति दश बजेको समय थियो । पर्वत सुरुमा छोराहरू सुते कि सुतेनन् भनेर स्वास्नीलाई सोध्छ । छोराहरू सुतिसके भनेपछि उसले आफ्नो चिन्ता व्यक्त गर्न लाग्छ । राति पिसाब फेर्न शाैचालय गएको आरम्भ बुबाआमाको कोठाको बत्ती खुल्लै देख्छ । त्यसका साथै उसले अलिअलि बोलेको आवाज सुन्छ र कोठाको नजिकै गएर कान ठाडो पारेर बस्छ । उसले आफ्नो बुबा आमासँँग चिन्ता व्यक्त गरेको सुन्छ । उसका बुबाले, “ मलाई मेरो जेठो छोरासँग केही गुनासो छैन । त्यसले भविष्यमा केही न केही गरेर आफ्नो नाम कमाउने साेच्छ । तर मलाई कान्छोको चिन्ता छ। त्यसले पढ्न त पढेन तर त्यसले घरको अवस्था पनि बुझ्न सकेन । त्यसले पढ्न नसके पनि मिहेनत र प्रयास मात्रै गरेमामा खुसी हुन्थेँ तर त्यसले भविष्यबारे लापरवाहि गर्ने भयो । “
यति भन्दा भन्दै पर्वत रुन थाल्छ । आफ्नो बुबाको यो हालत देखेर आरम्भ निराश हुन्छ । अर्को दिनदेखि उसकाे घैँटामा घाम लाग्यो । उसले दिन रात एक गरी मिहेनत गर्न थाल्याे । आगामी परीक्षासम्म ऊ तपस्या गरे जसरी मिहेनत गरी पढ्छ र यसपालि उसको पढाइमा नसोचेको सुधार आउँछ र आफ्ना बुबालाई गर्व गर्न लायक बनाउँछँ ।
0 reads
Published on 8/9/2024
Aaryan Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aaryan Bhurtel
Grade 9
Roll No: 28030
9
More Articles from
Student