underline

गाई र कृषि

Underline

Share:

गाई हाम्राे राष्ट्रिय जनावर हाे । गाईका चार वटा खुट्टा हुन्छन् । गाईका रङ विविध प्रकारका हुन्छन् । गाईले धेरै मन पराउने खाद्य पदाका सबै वस्तु मानव जीवनका लागि अत्यावश्यक र महत्त्वपूर्ण मानिन्छ । गाईकाे दुध, दही, घ्यू, गहुत र गाेबर सबैकाे आ-आफ्नै महत्त्व रहेकाे कुरा जीवनका प्रत्येक आराेह र अवराेहले सिकाइरहेकाे हुन्छ । हाम्राे देशमा कृषकलाई त्यति धेरै महत्त्व दिएकाे पाइदैँन तर याे सारै दुःखदायी कुरा हाे किनभने व्यापारी, चिकित्सक, शिक्षक, नेता, कर्मचारी सबै क्षेत्रका समुदायलाई कृषकले उत्पादन गरेकाे सर-सामान भएन भने जीवनयापन गर्न समस्या पर्छ । त्यसैले हामीले कृषिजन्य पदार्थकाे सबैकाे महत्त्व बुझेर देशकाे र समग्र कृषिक्षेत्रकाे विकास गर्नुपर्छ । पूर्वपरा समयदेखि नै हाम्रा पूर्वजहरूले प्राकृतिक कुराकाे खाेजी गरेकाे थियाे । ती सबै कुरा आजसम्म पनि त्यति नै महत्त्वपूर्ण र जीवनाेपयाेगी रहेकाे कुरा अवगत नै छ ।

0 reads

Published on 5/30/2022

Image

Rudrayani Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rudrayani Shrestha

Grade 5

Roll No: 30025

22

More Articles from

Student

Underline