underline

दिन र रात (संवाद)

Underline

Share:

(राति नाै बजेसम्म खेलिरहने दुई दाजुभाइबिच भएकाे संवाद)

भाइः कति छिटाे राति भएकाे हाेला । मलाई खेल्नै पुगेकाे छैन ।

दाजुः भाेलि उज्यालाे भएपछि दिन भइहाल्छ नि । उज्यालाे भएपछि खेलाैँला ।

भाइः राति नभए पनि हुने नि ।

दाजुः (हाँस्दै) त्यस्ताे त कहाँ हुन्छ त याे प्रकृतिकाे नियम हाे नि ।

भाइः साँच्चै दिन र रात कसरी हुन्छ ?

दाजुः राम्राे प्रश्न साेध्याै । हामी बस्ने पृथ्वी आफ्नाे अक्षमा घुमिरहेकाे हुन्छ ।

भाइः अक्ष भनेकाे के हाे ?

दाजुः पृथ्वीलाई काल्पनिक रेखा बिचबाट छाेडेर जाँदा एउटा काल्पनिक रेखा बन्छ । काल्पनिक रेखाकाे वरिपरि पृथ्वी घुम्छ । यसलाई अक्ष भनिन्छ ।

भाइः पृथ्वी घुम्दैमा कसरी दिन र रात हुन्छ ?

दाजुः पृथ्वी सूर्यकाे वरिपरि पनि घुम्छ । यसरी सूर्यकाे वरिपरि पृथ्वी घुम्दा सूर्यतिर फर्केकाे भाग दिन हुन्छ र सूर्यबाट टाढा रहेकाे भाग रात हुन्छ ।

भाइः के सूर्य चाहिँ एकै ठाउँमा बसिरहन्छ ?

दाजुः ठिक भन्याै । सूर्य आफ्नाे ठाउँमा घुमिरहन्छ ।

भाइः पृथ्वी एक चक्कर घुम्न कति समय लाग्छ ?

दाजुः २४ घण्टा लाग्छ ।

( त्यही समयमा आमा आउनुहुन्छ )

आमाः तिमीहरू अहिलेसम्म सुतेका छैनाै ढिलाे भइसक्याे सुत ।

दाइ,भाइः हवस् आमा शुभरात्रि ।

(दुवैजना ओछ्यानका पल्टिन्छन्)

15 reads

Published on 5/20/2026

Image

Mahim Bajracharya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Mahim Bajracharya

Grade 7

Roll No: 32056

11

More Articles from

Student

Underline