ढुकुर
परेवा जस्तै देखिन्छु म
तर अलि सानो छु है नझुक्किनु
पुच्छर छ है लामो मेरो
रङ सेतो अनि कालो
पाइन्छु म मरुभूमिदेखि समुद्रसम्म
सहरदेखि गाउँसम्म
बस्दिनँ हिउँमा चाहिँ
त्यसैले भेटिन्न हिमाली क्षेत्रमा
ढुकुर हो मेरो नाम
सधैँ गर्छु असल काम
खेतबारीका अन्न फलफूल खाने
सबैले मलाई प्रेमको प्रतीक मान्ने ।
0 reads
Published on 9/17/2024
Mahim Bajracharya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Mahim Bajracharya
Grade 5
Roll No: 32056
9
More Articles from
Student