underline

नेपाली संस्कृ‌ति र चाडपर्व

Underline

Share:

नेपाली संस्कृ‌ति र चाडपर्व

हाम्राे देश नेपालमा धेरै चाडपर्व र संस्कृतिहरू र छन् । हाम्रो देश तीन भाग‌मा विभाजित छ । हिमाल, पहाड र तराई मिलेर हाम्रो देश बनेको हो । हिमाली क्षेत्रका मानिसहरूको आफ्नै आफ्नै संस्कृ‌ति र चाडपर्वहरू हुन्छन्, । पहाडी क्षेत्रका मानिसहरूको पनि आफ्‌नै आपने संस्कृति र चाडपर्वहरू हुन्छन् हिमाली क्षेत्रका मानिसकी पनि आ-आफ्नै अडप‌र्व र संस्कृति हुन्छन् । उपत्यका मानिसहरूसँग पनि आफ्न सके आफ्नै संस्कृत र चाडपर्व हुन्छन् । यी सबै क्षेत्रमा बसाेबास गर्ने मानिसहरूको आआफ्नै धर्म, संस्कृति चाडपर्वहरू हुन्छन् । तिहार, ल्होसार, हाेली, जनै पूर्णिमा, माघे सङ्क्रान्ति, गाई जात्रा होली, इद क्रिस्मस तिज, घोड़े जात्रा, म्ह पूजा इत्यादि हुन् । यी सबै क्षेत्रका मानिसहरूले एक अर्काको संस्कृति र चाडपर्वहरूलाई मानसम्मान गर्छन् । दसैँ हिन्दू समूहको सबैभन्दा ठूलेा पर्व हो । दशैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँमा जमरा र टीका लगाइन्छ । दसैँमा मानिसहरू मासु-भात र मिठा मिठा परिकारहरू खाने गर्छन् । याे नेपालीहरूकाे एक महान पर्व हो ।

तिहार पनि यो दिवस पनि हिन्दू समूहको एक महत्त्वपूर्ण र दिवस हो । यो दिवस कार्तिकमा मनाइन्छ । याे पर्व ५ दिनसम्म मनाइन्छ। उदाहरणका लागि: , भाइ टीका, कुकुर पूजा, इत्यादि । यी दिनहरूमा हामीले थुप्रै जनावरहरूकाे पूजा गर्छाैँ र जनावरहरूलाई मनपर्ने खानेकुराहरू पनि दिन्छाैँ । यस पर्वमा भाइ टीका पनि रहेको छ । यस दिनमा दिदीबहिनीले आफ्ना दाजु, भाइलाई टीका लगाइदिन्छन् र दिदी बहिनीले दाजु भाइलाई रोग नलागोस्, भूत-प्रेत नलागोस् भनेर कामना गर्छन् । दाजु भाइले यसको सट्टामा दक्षिणा र उपहारहरु साटासाट गर्छन् । यस दिनमा दाजुभाइहरूले दिदी, बहिनीको खुट्टामा ढोग्छन् र आशीर्वाद दिन्छन् । यस दिवसमा मानिसहरूले सेल रोटी, आलुको अचार, मिठाईहरू इत्यादि बनाउँछन् । भाइ टीकाको दिनमा दाजु, भाइहरूलाई दिदी, बहनीले फूल पनि लाइदिन्छन् । नेपालीहरूले एक अर्काको धर्म, संस्कृतिलाई आदर-सम्मान गर्छन् र खुसी मनाउँछन् ।

0 reads

Published on 6/12/2026

Image

Arnesh Thapaliya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Arnesh Thapaliya

Grade 7

Roll No: 32052

6

More Articles from

Student

Underline