म
म
मेराे नाम अर्नेश थपलिया हाे । म कक्षा ६ मा पढ्छु । म बाह्र वर्षकाे भएँ । म डियरवाल्क सिफल स्कुलमा पढ्छु । म बुढानील्कण्ठमा बस्छु । मेराे परिवारमा पाँचजना सदस्य छाैँ । मेराे घरमा म, मेरा हजुरबा, हजुरआमा,बुबा र आमा बस्छाैँ । मेरा बुबा व्यापारी हुनुहुन्छ । मेरी आमा चाहिँ नर्स हुनुहुन्छ । मलाई सबैभन्दा मन पर्ने खाना चिकेन चिल्ली हाे । मलाई सबैभन्दा बढी मन पर्ने रङ निलाे र हरियाे हाे । मलाई फुटबल खेल्न,गाउन र चित्र काेर्न मन पर्छ । मलाई भविष्यमा गएर सफ्टवेयर इन्जिनियर बन्न मन छ । अहिलेकाे जमानामा सफ्टवेयर इन्जिनियरले धेरै पैसा कमाइरहेकाे छ । पैसा धेरै कमाउनु नै मेराे लक्ष्य हाे । मलाई देशमा भइरहेकाे भ्रष्टाचार हटाउन मन छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मेराे देशकाे विकासका लागि असल नागरिककाे भूमिका निर्वाह गर्न मन छ ।
1 reads
Published on 2/26/2026
Arnesh Thapaliya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Arnesh Thapaliya
Grade 6
Roll No: 32052
6