underline

नेपालमा शिक्षा

Underline

Share:

नेपालमा शिक्षा

शिक्षा हाम्राे जीवनकाे महत्त्वपूर्ण भाग हाे । शिक्षाले हामीलाई पढ्न, लेख्न र राम्राे व्यवहार गर्न सिकाउँछ । शिक्षित मानिसले के कुरा सही र के कुरा गलत भन्ने कुरा छुट्याउन पनि सक्छ ।

नेपालमा अहिले धेरै विद्यालयहरू छन् । धेरै बालबालिकाहरू विद्यालय गएर शिक्षा लिइरहेका छन् । विद्यालयमा पढाइसँगै खेलकुद अतिरिक्त क्रियाकलाप र विभिन्न सिपहरू पिन सिकाइन्छ । अहिले धेरै विद्यालयहरूमा कम्प्युटर र इन्टरनेटकाे प्रयाेग गरेर पढाइने गरिन्छ । तर केही दुर्गम तथा विकट ठाउँहरूमा अझै पनि राम्राे, सुविधायुक्त, प्रविधिमैत्री विद्यालयकाे कमी छ । त्यहाँ समयमा नै पुस्तक नपुग्ने र याेग्य शिक्षककाे कमी छ ।

देशकाे विकास गर्न शिक्षाकाे ठुलाे भूमिका हुन्छ । त्यहीकारणले गर्दा नै नेपालका हरेक बालबालिकाले राम्राे शिक्षा पाउन आवश्यक छ । यस विषयमा सरकारले पनि विशेष ध्यान पुर्याउनु आवश्यक छ ।

1 reads

Published on 9/23/2026

Image

Arnesh Thapaliya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Arnesh Thapaliya

Grade 7

Roll No: 32052

7

More Articles from

Student

Underline