पेले
फुटबलका राजा पेलेको जन्म अक्टोबर २३,१९४० मा ब्राजिलको मिनास गेराइस राज्य अन्तर्गत पर्ने ट्रेस कोराकोमा भएको थियो। उनी ट्रेस कोराकोमा जन्मिए पनि साओ पाउलोको बौरुमा हुर्केका थिए। पेले गरिब परिवारमा हुर्केका थिए ।उनका बुबा डोन्डिन्हो पूर्व फुटबल खेलाडी थिए । उनकी आमा सेलेस्टे एरान्टेस नोकरीको रूपमा काम गर्थिन्। पेलेका दुई दाजुभाइ मारियाना लुसिया नासिमेन्टो र जोका थिए। पेले सानैदेखि फुटबल खेल्न थाले किनभने उनलाई फुटबल खेल अत्यन्त मन पर्थ्यो । उनी र उनका साथीले सामान्य बल किन्न नसक्ने भएकाले उनी र उनका साथीहरूले मोजा र कपडाबाट बल बनाउँथे र बस्ती वरिपरि खेल्थे। प्रारम्भिक विद्यालयका दिनहरूमा उनले आफ्नो मनपर्ने खेलाडी बिलेको नाम राम्रोसँग उच्चारण गर्न सकेनन्। एक दिन उनका बुबाले विश्वकप फाइनल खेल हेर्दै हुनुहुन्थ्यो तर फाइनलमा ब्राजिलले हार्यो । उनका बुबाको सपना ब्राजिलले विश्वकप जितेको हेर्ने थियो। दु:खी बुबाले पेलेलाई तिमीले ब्राजिलका लागि विश्वकप जितेर देखाउनुपर्छ भने ।एक दिन सान्तोसका लागि ब्राजिलका स्काउटले पेलेलाई खेलिरहेको देखे त्यसैले उनले पेलेका आमाबाबुसँग सान्तोसको लागि पेलेलाई खेल्न दिनुहोस् भनी प्रस्ताव राखे । सुरुमा पेले राजी भएनन् किनभने उनले आफ्नो परिवार छोड्नु पर्ने थियो तर उनका बुबाले उनलाई जान भन्नुभयो र उनका बुबाले उनलाई सिप सिकाउनुभयो। आँपसँग खेलेर अन्ततः पेले सन् १९५६ मा सान्तोस एफसीमा सामेल हुन राजी भए।जब पेले सान्तोस पुगे उनका प्रशिक्षकले उनलाई ब्राजिलका परम्परागत र प्रसिद्ध सिप जेन्गा वा जिंगा प्रयोग नगर्न भनेका थिए।पेले पहिलो पटक मैदानमा खेल्दा उनले त्यसो गर्न सकेनन्। उसको आफ्नो सिपबिना कुनै पनि कुरा राम्रो हुँदैन भन्ने ठाने ।त्यसपछि उनले आफ्नो सिप प्रयोग गर्न थाले ।त्यसपछि उनले गोल गरे । त्यसपछि पेलेका प्रशिक्षकले उनलाई आफ्नो सिप जारी राख्न भने । पेलेको सुन्दर चालको प्रदर्शन देखेर सबै अचम्मित परे ।स्यान्टोसमा एक वर्षपछि अर्को विश्वकप नजिकिँदै थियो । पेले आफ्नो परिवारबाट विश्वकप खेलाडी छनोटको कुरा सुन्दै थिए ।उनी पनि खेलाडी छ्नोटको सूचीमा थिए। उनी खेलका लागि छानिए । पेले आफ्नो पहिलो खेल खेल्न बाहिरिएका थिए तर प्रशिक्षकले उनलाई कुनै गिगा भनेनन्। उनको शक्ति कम थियो । उनलाई खेल खेल्नु अघि के गर्ने थाहा थिएन ।उनले बान्ता पनि गरे । त्यसपछि उनलाई एक खेलाडीले धकेलिदिए । उनी घाइते पनि भए । त्यसपछि उनले खेल्न सकेनन् । उन्सलाई बेन्च गरियो।ब्राजिल सेमिफाइनलमा पुग्यो तर धेरै खेलाडीहरु घाइते भएकाले खेल्नैपर्ने पेले खेल्न डराएका थिए। पेलेले फेरि बान्ता गरे। मैदानमा यति सानो खेलाडीले विशाल सोभियत विरुद्ध खेलेको देखेर मानिसहरु छक्क परे । .उनीहरूले युरोपेली शैलीमा खेले र केही गर्न सकेनन् । पेलेले आफ्नो सिप प्रयोग गरे अनि त्यो खेल जिते । त्यो वर्ष पेलेले ह्याट्रिक गर्दै ब्राजिललाई पहिलो विश्वकप जिताउन सफल भए । पेले ३ वटा विश्वकप जितेर फुटबलको राजा हुनुका साथै विश्वकपमा गोल गर्ने पहिलो किशोर खेलाडी बने । विश्वकपको फाइनलमा ह्याट्रिक गर्दा उनी १६ वर्षका थिए। त्यसैले उनलाई फुटबलको राजा भनेर चिनिन्छ।
0 reads
Published on 6/23/2023
Aameen Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aameen Shakya
Grade 6
Roll No: 30059
11
More Articles from
Student
