underline

संस्कृत र व्यावहारिक ज्ञान

Underline

Share:

अज्ञेभ्यो  ग्रन्यिन: श्रेष्ठा: ग्रन्थिभ्यो धारिणो वरा:।

धारिभ्यो ज्ञानिन:श्रेष्ठा:ज्ञानिभ्यो व्यासायिन:।।६।।

माथिको श्लोकले हामीलाई बुझाउने प्रयास गरेको छ कि पढ्न नसक्ने व्यक्ति भन्दा ठुलो पढ्न सक्ने मान्छे हो र पुस्तकमा लेखिएको कुरा पढ्नेभन्दा बुझ्न सक्ने व्यक्ति ठूलो हो। पुस्तकबाट पढेका कुरालाई व्यवहारमा उतार्न सक्ने व्यक्ति नै सबैभन्दा ठूलो हो। पुस्तकबाट सिकेको कुरालाई व्यवहारमा उतार्न सक्ने व्यक्ति नै सबैभन्दा ठूलो हो र त्यो गर्ने व्यक्तिले आफूले पढेका पुस्तकहरूको सही सदुपयोग गरिरहेको हुन्छ भन्ने कुरा साँचो हो । त्यसो गर्ने व्यक्तिले आफूले सिकेका कुराहरू प्रयोग गरिरहेको हुन्छ। आफूले सिकेका कुराहरूलाई उपयोग गर्न सक्ने व्यक्तिले जीवनमा धेरै कुराहरू गर्न सक्छ। उसले यसलाई सही तरिकाले प्रयोग गरिरहेको छ तर जो व्यक्ति केवल किताब पढेर सिकेको कुरालाई अहिले प्रयोग गर्दैन भने त्यो ज्ञानको बर्बादी हो । किताबबाट पाएको ज्ञानलाई हामी सबैले प्रयोग गर्नुपर्छ। हामीले पुस्तकबाट प्राप्त गरेको ज्ञानलाई प्रयोग गर्यौं भने हामीले जीवनमा धेरै कुरा गर्न सक्छौँ र यो धेरै उपयोगी छ तर तपाईंले किताब पढेर अलिकति ज्ञान प्राप्त गर्याैँ भने राम्राे हाे तर हामीले त्यस ज्ञानलाई प्रयोग नगर्नु भनेको समयको बर्बादी हो । साथै ज्ञान आफूले पाएको ज्ञानलाई उपयोग गर्न सक्यौँ भने जीवनमा धेरै कुरा गर्न सक्छौँ तर धेरै किताब पढेर धेरै ज्ञान हाँसिल गर्ने तर जीवनमा लागू नगर्ने वा आफ्नो ज्ञानको उपयोग नगर्ने मानिसहरू केही नपढ्नु बराबर हो। किताब पढ्नु ठुलो कुरा होइन तर त्यो किताब पढेर पाइने ज्ञानलाई प्रयोग गर्नु ठुलो कुरा हो। ज्ञान सदुपयोग गर्ने व्यक्ति महान् हो जसले ज्ञान पढ्न र भण्डारण गर्न  सक्छ। हामीले आफूसँग भएको ज्ञानको सदुपयोग गर्नुपर्छ, त्यसलाई सिकेर मात्रै केही हुने होइन।

0 reads

Published on 9/6/2024

Image

Aameen Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aameen Shakya

Grade 7

Roll No: 30059

11

More Articles from

Student

Underline