काठमाडौँको उत्पत्ति
नेपालको एक मात्र राजधानी काठमाडौँ, दैनिक २४ घण्टा अन्तर्राष्ट्रिय उडान हुने एक मात्र सहर। वर्षभरि धुलोले ढाकेको सहर पाँच दिनको त्यो पर्व राति रङ्गीन बत्ती र आकाशमा आतिशबाजीले भरिन्छ । अनि पक्कै पनि त्यो चाड तिहार हो । काठमाडौँ सहर ५ हजार वर्ष पुरानो हो जसको उत्पत्ति निकै विवादास्पद छ । काठमाडौँको उत्पत्तिको पछाडि धेरै सिद्धान्तहरू छन्। काठमाडौँ मूलतः ताल थियो भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् तर ताल कसरी सुकाइयो भन्नेमा धेरै तर्कहरू आउँछन् ।सबैभन्दा पहिले सबैकाे लोकप्रिय सिद्धान्त हाे, मञ्जुश्री सिद्धान्त । त्यो सिद्धान्तमा मञ्जुश्री एक बौद्ध भिक्षु हुन् । उनी तिब्बतबाट आएका थिए । उनले तालमा ठुलो कमलको फूल देखेका कारण उनी तालको नजिक आएका थिए । तालको नाम “नागदह” थियो । जमिन बस्ती बस्न याेग्य भएको देखेपछि उसले आफ्नो ज्वलन्त तरवारले पहाडलाई काटे र पानीलाई सबैबगाएर मानिस बाँच्नको लागि उपयुक्त बनाए । अर्को सिद्धान्त छ कि भगवान कृष्णले सुदर्शन चक्रले कोबरको पहाड काटेका थिए र काठमाडाैँकाे पानी सुकाएका थिए । यसरी काठमाडाैँकाे उत्पत्तिका विषयमा विभिन्न किंवदन्तीहरू पाइन्छन् ।
0 reads
Published on 10/2/2023
Aameen Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aameen Shakya
Grade 6
Roll No: 30059
11
More Articles from
Student
