underline

हाम्रो देश

Underline

Share:

नेपाल प्राकृतिक साधनमा  एकदम धनी देश  हो । हाम्रो देश नेपाल जलस्राेतमा तेस्राे धनी देश हो । विश्वमा धेरै ठुला साना देशहरू छन् । विश्वसामु नेपाल पनि एउटा सानो देश हो । चारैतिर हरिया पहाडले घेरिएको र बिचमा रहेको देश नेपाल हो । हाम्रो देश नेपालमा धेरै नै मठ मन्दिरहरू छन् जहाँ हेरे पनि जता गए पनि पाइलै  पिच्छे साना ठुला मन्दिरहरू पाइन्छन्  साथै दुङ्गेधाराहरू पनि पाइन्छन् ।  हाम्रो देशमा विभिन्न भेषभूषामा रमाउने  विभिन्न भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् । हाम्रो देश हिमाल,तराई,पहाड गरी तिन  भागमा विभाजन गरिएको छ । हाम्रो देशमा विश्वको सर्वोच्च शिखर सगरमाथा पनि रहेको छ । जसले गर्दा विश्वसामु हाम्रो देश नेपालको नाम उच्च रहेको छ ।  हाम्राे हेशमा अरू साना हिमालहरू पनि छन्  ।  सगरमाथाको उचाइ ८८४८ कि.मि अग्लो छ। त्यो उच्च  हिमशिखर भएको हुनालेतालहरू पनि धेरै छन् । जस्तैः फेवाताल, राराताल, बेगनासताल, तिलिचोताल  आदि । हाम्रो देश नेपालमा घुम्न धेरै पर्यकहरू आउने गर्छन् जसले गर्दा हाम्रो देशमा थुप्रै आयआर्जन गर्न सकिन्छ । गौतम बुद्धको जन्म हाम्रो देश नेपालमा  नै भएको  हो । 

0 reads

Published on 12/21/2020

Image

Prasiddha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prasiddha Shrestha

Grade 5

Roll No: 27016

8

More Articles from

Student

Underline