शिक्षा कस्तो ?
शिक्षा कस्तो ?
झोलामा किताब बोकी हिँड्छन्
तर, फरक छ भोगाइ, फरक छ जिन्दगानी
रातभरि जाग्राम बस्नुपर्छ भोलिको टेस्टको पीरले
सपनाहरू कता कता बाँधिएका छन् परीक्षाको तीरले ।
यो भिडमा अलिकति शीतलता र सरलता छाओस्
आमाबुबाको आँसुको हृदय बुझ्न सकाेस्
शिक्षा यस्तो होस् जसले केवल उत्तर होइन
मान्छेको मन बुझाओस् ।
अब त बदलौँ यो पाङ्ग्रा
अलिकति मानवता मिसाऊँ
घोक्न मात्र होइन
जीवन जिउने कला सिकाऊँ
हातमा सीप होस्
ओठमा आत्मविश्वास
अनि मनमा देशप्रतिको आशा
शिक्षा त्यस्तो होस् जसले किताब मात्र होइन
मान्छे बुझाओस् ।
यस्तो शिक्षा बनोस्
जसले युवालाई विदेश होइन
आफ्नै माटोमा बस्नु सिकाओस्
अक्षरहरू केवल मसी मात्रै बनेर
पानामा नबसून्
ती त उज्यालो किरण बनेर
हरेक नेपालीको आँखामा होस् ।
झोलामा किताब थुपारेर मात्रै
शिक्षा कहाँ पाइन्छ र,
जबसम्म मान्छेमा विवेक हुँदैन
तबसम्म त्यो सर्टिफिकेटको कुनै मूल्य हुँदैन ।
संसार जित्ने दौडमा कुदायौ
तर, मन शान्त राख्न सिकाएनौ
शिक्षा त्यस्तो होस्
जसले किताब मात्र होइन मान्छे बुझाओस् ।
0 reads
Published on 7/17/2026
Sophia Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sophia Shrestha
Grade 10
Roll No: 29034
12
More Articles from
Student