underline

मेराे देश

Underline

Share:

मेराे देशकाे नाम नेपाल हाे । याे एसिया महादेशमा पर्छ । नेपालकाे हालकाे क्षेत्रफल १४७५१६ वर्गकिलाेमिटर छ । नेपाल भारत र चीनकाे बिचमा छ । नेपाललाई भाैगाेलिक रूपमा हिमाल,पहाड र तराइ प्रदेशमा बाँडिएकाे छ । यहाँ धेरै नदीनालाहरू छन् । विश्वकाे अग्लाे हिमाल सगरमाथा पनि हाम्राे देशमा छ । जसले गर्दा विश्वमा नेपाललाई चिनिन  मद्दत मिलेकाे छ । यहाँ धेरै जाति धर्म र संस्कृति अनि भाषा छन् । नेपालकाे राष्ट्रभाषा नेपाली हाे भने अन्य सबै भाषाहरू राष्ट्रिय भाषा हुन् । नेपालकाे राष्ट्रिय पाेशाक दाैरा सुरूवाल  र गुन्यूचाेली  हाे भने राष्ट्रिय जनावर गाई हाे । यसैगरी राष्ट्रिय फूल लालीगुराँस हाे । एसियाका तारा गाैतम बुद्ध जन्मिएकाे याे देश स्वर्ग भन्दा पनि सुन्दर छ । भृकुटी र सीता जन्मेकाे मेराे देशमा जन्मिन पाएकाेमा म अत्यन्तै खुसी छु । मलाई मेराे देशमाथि गर्व छ ।

0 reads

Published on 7/15/2021

Image

Sophia Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sophia Shrestha

Grade 5

Roll No: 29034

12

More Articles from

Student

Underline