underline

नेपालको संस्कृति र विशेषता

Underline

Share:

नेपाल भन्नेबित्तिकै बहुधार्मिक, बहुसांस्कृतिक देश भन्ने बुझिन्छ । नेपाललाई उद्यानमा फुलेका थरीथरीका फूलबारीको रूपमा पनि हेर्न सकिन्छ। हरेक व्यक्तिको आफ्नै धर्म तथा संस्कृति हुन्छ। विभिन्न जातजाति, धर्मको आफ्नै संस्कृति हुन्छ। नेपालको परिचय नै बहुसांस्कृतिक रहेको छ। मानिसहरू विभिन्न ठाउँबाट नेपाल आउँछन् र यहाँका विभिन्न चाडपर्व, रीतिरिवाज, संस्कृति, बोल्ने शैली हेर्दै रमाउँछन्। नेपाललाई हाम्राे संस्कृतिहरूले नै विशेष बनाएको छ।

नेपालमा फरक फरक धर्म मान्ने व्यक्तिहरूको बसोबास छ। हरेक धर्मको छुट्टै आस्था र विश्वास हुन्छ। यहाँ सबै धर्म, जातजातिको सम्मान गरिन्छ। यो परम्परागत रूपमा चलिआएको छ। नेपालमा धेरै पर्यटकहरू शान्ति खोज्न आउँछन् । यहाँका चाडपर्वमा रमाउँदै हाँसखेल गर्छन्। यसले हाम्रो देश नेपालको प्रकृति, सहिष्णुता तथा संस्कृति, विविधताभित्रकाे एकतालाई झल्काउँछ। पर्यटकहरू नेपालमा आएर हाम्रो देशको आर्थिक वृद्धि हुन्छ। यसले भविष्यमा निकै राम्रो प्रभाव पार्छ।

हामीले हाम्रो संस्कृतिको सम्मान गर्नु हाम्रो महत्त्वपूर्ण काम हो। परम्परादेखि आएको चालचलनलाई हामीले हराउन दिनु हुँदैन। यो लोप हुनु भनेको आफ्नो अस्तित्व हराउनु जस्तो हो। नेपालमा संस्कृतिको महत्त्व निकै रहेको छ। संस्कृति भनेको हाम्रो गौरव हो। यसबाट हामीले गौरव गर्न सिक्नुपर्छ। हाम्रो नेपालमा पाहुनालाई सम्मान गर्ने चलन पनि रहेको छ। संस्कृतिमा यसको लागि भनाइ पनि रहेको छ, “अतिथि देवो भवः।” यसको अर्थ पाहुना भनेको भगवानसरह हो। त्यसैले पाहुनाको सम्मान गर्नु पनि हाम्रो संस्कृति नै हो।

नेपाललाई बुद्ध जन्मेको देश भनेर पनि चिनिन्छ। बुद्धलाई शान्तिको प्रतीककाे रूपम पनि लिइन्छ। नेपालमा विभिन्न जनावरहरूलाई पनि पूजा गर्ने चलन रहेको छ। नेपालमा जनावरहरूलाई पुज्ने र मान दिने चलन हुनु नेपालको एक विशेषता पनि रहेको छ।

हाम्रो देश नेपालमा राम्रो संस्कृति मात्र छैन। नराम्रो कुसंस्कार र कुप्रथाहरू पनि रहेका छन्। नेपालीहरूको बानी भने जहाँ पायो त्यहाँ फोहोर गर्ने चलन छ। महिलाहरूलाई महिनावारी हुँदा अलग राख्ने, छाउपडीमा राख्ने प्रथा पनि रहेको छ। गाउँघरमा यस्ता कुप्रथाहरूले आजसम्म पनि जराे गाडेकाे छ। काेही मानिस बिरामी भयो भने धामीझाँक्रीकहाँ लैजाने चलन छ।

नेपाली संस्कृतिमा नेपालको लोकबाजाहरू पनि पर्छन्। शङ्खघण्ट, पञ्चेबाजा, मादल, बाँसुरी, डम्फु, मुर्चुङ्गाजस्ता बाजाहरूकाे आआफ्नै महत्त्व रहेकाे छ । लाेपाेन्मुख यी बाजाहरूकाे संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको छ। अन्त्यमा, नेपालको पहिचान र विशेषता नेपाली संस्कृतिमा आधारित रहेको छ।

2 reads

Published on 8/26/2026

Image

Sophia Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sophia Shrestha

Grade 10

Roll No: 29034

12

More Articles from

Student

Underline