सिसाकलम
सिसाकलम लेख्न, चित्र बनाउन प्रयोग गरिन्छ । सिसाकलमले लेखेका कुराहरू सजिलै मेट्न पनि सकिन्छ । हामी पढ्न लेख्न सुरु गरेदेखि नै सिसाकलम को प्रयोग गर्छौं । सिसाकलमले कुनै कुरा गलत लेखिएमा त्यसलाई सच्याउन सजिलै सकिन्छ । सिसाकलमलाई बेलाबेलामा तिखार्नुपर्छ । मैले सिसाकलमलाई कक्षामा प्रयोग गर्छु । सिसाकलम धेरै रङमा पाइन्छन् र यसको प्रयोगले रङ्गीबिरङ्गी चित्र बनाउन सकिन्छ । सिसाकलमको प्रयोग विभिन्न कुराकाे परियाेजना बनाउन पनि सकिन्छ । जस्तैः घर, सवारी साधन, पुल आदिको याेजना पनि सिसाकलमबाट नै गरिन्छ । भर्खर अक्षर सिक्न लागेका साना बच्चाहरूलाई पनि सिसाकलमबाट नै लेखाइन्छ । सिसाकलमले लेख्न सजिलो हुन्छ ।
0 reads
Published on 9/8/2022
Medhansh Rana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Medhansh Rana
Grade 4
Roll No: 31013
13
More Articles from
Student