underline

मगर समुदाय

Underline

Share:

नेपालमा विभिन्न जातजातिका मानिसहरूकाे बसाेबास छ । तीमध्ये एक हाे मगर जाति । किराँती क्रमविकासअनुसार मगर जाति वा समुदाय हिमालयको उत्तरी भागकाे सिम क्षेत्रबाट आएका हुन् । मगर जाति आफ्नो भाषाका अलावा नेपाली भाषा पनि बोल्दछन् । मगर जातिको भाषा भोट-बर्मेली भाषाभित्र पर्दछ र यसलाई तिन भागमा विभाजित गरिएको छ: धुट, खाम र कईके । मगर जातिको मुख्य चाड माघेसङ्क्रान्ति हो । यस दिन उनीहरूले पितृहरूको पूजा गर्छन् । मगर समुदायले परापूर्व कालमा प्रकृति पूजा गर्थे भने हालैमा अधिकांश मगरहरू हिन्धु धर्म मान्छन् । मगर जातिको पहिचानको रूपमा आफ्नै पोशाक रहेको छ । पुरुषहरूले भाेटो इस्टकोट, कछाड, पेटी, भांग्रो, टोपी र खुर्पेटाे आदि लगाउँछन् भने महिलाहरूले मखमलको चोली, छिटको गुन्यु, पहेलो पटुकी, घलेक, पछ्याैरी र खुर्पेटाे आदि लगाउँछन् । भेषभूषा, संस्कार र संस्कृतिले भरिपूर्ण मगर समुदायको आफ्नो छुट्टै पहिचान छ ।

0 reads

Published on 11/7/2023

Image

Medhansh Rana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Medhansh Rana

Grade 5

Roll No: 31013

13

More Articles from

Student

Underline