मलाई मन पर्ने जनावर
मलाई सबै जनावरहरू मनपर्छ तर मलाई विशेष गरेर बाँदर र चितुवा मन पर्छ । बाँदर एउटा रुखबाट अर्को रुखमा चढ्छ । बाँदरले खानेकुराहरू खोजेर खान्छ । कहिलेकाहीँ बाँदरले फलफूलहरू पनि खोसेर खाइदिन्छ बाँदर सबैभन्दा चलाख जनावर हो । बाँदर समूहमा बस्छ । आजभोलि बाँदरहरू वनमा कम हुँदै गइरहेका छन् । बाँदरहरू घरमा पनि आउने गर्दछन् । चितुवा पनि मलाई मन पर्ने जनावर हो । चितुवा अफ्रिकाको जङ्गलमा पाइन्छ । चितुवा सबैभन्दा छिटो दाैडने जनावर हो । चितुवा कालो र पहेंलो रङको टाटेपाटे हुन्छ । चितुवा मांशाहारी जनावर हो । चितुवालाई अरु जनावरहरूको मासु खान मन पर्छ । हामीले सबै जनावरहरूको रक्षा गर्नुपर्छ ।
0 reads
Published on 11/30/2021
Medhansh Rana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Medhansh Rana
Grade 3
Roll No: 31013
13
More Articles from
Student