दसैँ
दसैँ हाम्रो ठुलो चाड हो। दसैँ हिन्दु धर्मावलम्बीहरूले मनाउँछन्। यो चाड हामीहरूले १५ दिनसम्म मनाउँछौँ । दसैँको पहिलो दिन घटस्थापना मनाइन्छ । दसैँमा हामी आफूभन्दा ठुलाको हातबाट टीका र जमरा लगाउँछौँ । उहाँहरूले हामीलाई आशीर्वाद र दक्षिणा पनि दिनुहुन्छ । असत्यमाथि सत्यको विजयका रूपमा दसैँ मनाइन्छ । पहिलो दिन जौ, मकै अन्न छरेर घटस्थापना गरिन्छ । दसैँमा नवदुर्गाको पूजा गरिन्छ । दसैँमा नयाँ लुगा लगाउने, मासु खाने, पिङ खेल्ने गरिन्छ। दसैँको अष्टमीमा मेरो जन्म दिन पर्छ । मलाई दसैँ एकदमै मन पर्छ।
0 reads
Published on 5/15/2026
Adhvik is a student at Deerwalk Sifal School who loves to explore new ideas and loves outdoor games.
Adhvik Kattel
Grade 2
Roll No: 37032
4
More Articles from
Student