underline

फुटबल

Underline

Share:

फुटबल

फुटबल धेरै पुरानो र लोकप्रिय खेल हो। फुटबल खेल सन् १८६३ मा इङ्ल्यान्डबाट व्यवस्थित रूपमा सुरु भएको मानिन्छ। पहिले मानिसहरूले साधारण बल बनाएर फुटबल खेल्थे। मलाई फुटबल खेल्न धेरै मन पर्छ। मलाई गोलकिपर बनेर अर्को टोलीको बल रोक्न निकै मज्जा आउँछ। यस खेलमा दुई टोली हुन्छन्, र प्रत्येक टोलीमा ११ जना खेलाडी हुन्छन्। गोलकिपर बाहेक अन्य खेलाडीहरूले बललाई हातले समात्न मिल्दैन। फुटबल खेल्न ठुलो मैदान चाहिन्छ। यो खेल खेल्दा शरीर स्वस्थ, तन्दुरुस्त र बलियो हुन्छ। मलाई क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमारजस्ता खेलाडीहरू मन पर्छ । नेपाली फुटबल खेलाडीमध्ये मलाई सावित्रा भण्डारी (साम्बा) सबैभन्दा मन पर्छ। फुटबल खेल्दा म धेरै खुसी हुन्छु।

1 reads

Published on 8/14/2026

Image

Adhvik is a student at Deerwalk Sifal School who loves to explore new ideas and loves outdoor games.

Adhvik Kattel

Grade 2

Roll No: 37032

9

More Articles from

Student

Underline