underline

जो लेख्न सक्दैनन्, ती पनि त बाँचिरहेका छन्

Underline

Share:

कसैले रोएर कविता लेख्छ,

कसैको आँशु भने तकिया भिजाएर सुक्छ ।

शब्द बनेर होइन,

सास बनेर।

कसैले घाउलाई गीत बनाउँछ

कसैको घाउ भित्तामा चिसो दाग बनेर बस्छ।

कविता बनाउनेहरूलाई ताली मिल्छ,

तर जो थाकेर निदाउँछन्

उनीहरूलाई रातले पनि निहाल्दैन ।

सहर हतारमा बाँचिरहेको छ

कोही बिहान ६ बजे क्लास पुग्न दौडिरहेको,

कोही बच्चालाई कपडा लगाइदिँदै

चुलोमा पकाइरहेको।

कसैको पासपाेर्ट बन्दैछ

आज कतार जानलाई।

कोही अँध्यारोमा निस्किसके

घर सफा गर्न,

जसको कथा

कोही पढ्दैन।

कसैले त कविता बनाएर

दु:ख छोडिदिन्छ,

तर कतै दुःख छ

जहाँ कविता बन्दैन,

किनकि त्यहाँ कलम छैन,

बाँच्नुपर्ने हतार छ।

यस्तो पनि कथा हुन्छ

जहाँ कुनै लेखक पुग्दैन,

तर भित्रभित्रै

कविता नबनेको कविता

बाँचिरहेको हुन्छ।

साँच्चै

सबै कवि हुँदैनन्,

तर, हरेक घाउभित्र कविता लुकेको हुन्छ।

फरक यत्ति हो

कसैले लेख्छ,

कसैले लेख्दैन ।

4 reads

Published on 1/28/2026

Image

Suvani Karki is a student of 2029. She is passionate about Social and enjoys learning through hand-one activities. Outside the classroom, Suvani loves dancing and playing Basketball and is especially skilled at reading poems . Known for being friendly, co-operative, and active, they dream of becoming a doctor one day. A fun fact about them: She can write poems and loves rock music.

Suvani Karki

Grade 9

Roll No: 29055

8

More Articles from

Student

Underline