मेरो प्यारो पिज्जा
मेरो प्यारो पिज्जा
टेबलमा आइजा
मेरो पेट भरेर
इटली तिरै जा
जैतुनमा सजिएको
गोलभेँडामा रङ्गिएको
हेर मेरो पिज्जा
आहा ! कति मिठो
शाकाहारी मांसाहारी
दुवैले भन्छन् मलाई
सेतो पिठो पेटलाई ननिको
नखानुमै भलाई
को खाओस् मकै भटमास
पिज्जा पाएसम्म
स्कुलमा पनि पाइयो भने
हामी हुन्थ्यौँ दङ्ग
0 reads
Published on 12/2/2025
Samyak Aryal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Samyak Aryal
Grade 3
Roll No: 35022
13
More Articles from
Student