लक्ष्मीपूजा
मलाई सबैभन्दा मन पर्ने लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजाको दिन गाईपूजा पनि गरिन्छ । लक्ष्मीपूजाको दिन हामी घर सफा गर्छौं । घर वरपर, ढोका, झ्याल पुछेर फूलको माला लगाउँछौँ । घरअगाडि विभिन्न रङहरू मिलाएर रङ्गोली बनाउँछौँ । हामी घरमा विभिन्न किसिमका बत्ती बालेर घरलाई झिलिमिली बनाउँछौँ । बेलुका भएपछि हामी लक्ष्मीपूजा गर्छौँ र हामी भैलो खेल्छौँ । त्यसैले मलाई लक्ष्मीपूजाको दिन अत्यन्त रमाइलो लाग्छ।
0 reads
Published on 6/1/2024
Shreenav Bohara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreenav Bohara
Grade 2
Roll No: 35024
8