मेरो एक दिनको दैनिकी
मेरो एक दिनको दैनिकी
मिति २०८३/ १ / १ गतेकाे दिन मैले बिहान उठेर मुख धोएँ । दाँत माझेँ । आधा घण्टा जति पढ्न बसेँ । त्यसपछि मैले कौसीको बिरुवामा पानी हालेँ। मेरी आमालाई पकाउन पनि सहयोग गरेँ । त्यसपछि मैले दुई गिलास पानी पिएँ। मैले एकछिन टिभी हेरेँ। भिडियो गेम पनि खेलेँ । खाना खाएँ। खाना खाएपछि कागजको जहाज बनाएर भाइ देखाएँ । मैले भाइसँगै क्रिकेट पनि खेलेँ । आधा घण्टा खेलेपछि सबै कुरा ठाउँमा राख्यौँ । क्रिकेट खेल्दा मलाई सानो घाउ भएको बल्ल पछि थाहा पाएँ तर केही दुखेको थिएन । मलाई आमाले औषधी लगाइदिनुभयो अनि मात्र मलाई दुख्न थाल्यो । मैले बिस्तारै खाना खाएँ । त्यस दिन मेरो रमाइलाेसँगनै बित्यो र बेलुका सुत्न गएँ।
1 reads
Published on 7/9/2026
Shreenav Bohara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreenav Bohara
Grade 4
Roll No: 35024
10
More Articles from
Student