विद्यार्थी जीवन
जीवनकै सुनौलो र अमूल्य समय
सधैँ सुख र खुसी रोज्ने समय ।
विद्यार्थी जीवन जिन्दगीभर मनमा रहन्छ
ती पलका यादहरू सधैँ घुमिरहन्छन् ।।
विद्यार्थी हुँदा कापी र किताब साथी बन्छन्
हरेक दिन नयाँ नयाँ कुरा सिक्न सघाउँछन् ।
गुरुले दिएको शिक्षा जीवनकै अमूल्य धन
जसका कारण बन्छ सबैको सफल जीवन ।।
मेहनत नगरी कसरी सफलता पाइन्छ ?
आफूले गरेको परिश्रम ले नै सफलता ल्याइन्छ ।
अल्छीपन त्यागी अगि बढ्नु पर्दछ
आफ्नो जीवनका लक्ष्य छिट्टै प्राप्त गर्नु पर्दछ ।।
हामी विद्यार्थी राष्ट्रकाे नै भविष्य हौँ
देश विकास गर्ने भोलिका उज्यालो संसार हौँ ।
हाम्रो असल कर्म र असल शिक्षाले
भोलि संसार चम्कन्छ हाम्रो नामले ।।
जे सत्य हो सधैँ त्यही नै गरौँ
मिहेतन गरेर आफ्नो सपना पूरा गर्नतिर लागौँ ।
पढाइ सँगसँगै रमाउँदै विद्यार्थी जीवन बाचौँ
भविष्य उज्जवल हुने गरी काम गराैँ ।।
3 reads
Published on 5/25/2026
Agraj Rijal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Agraj Rijal
Grade 10
Roll No: 2028004
11
More Articles from
Student