underline

सडकमा बस्ने कुकुर

Underline

Share:

सडकमा बस्ने कुकुर

सडकमा बस्ने कुकुरहरूको घर हुँदैन । उनीहरू पसल, सडकको छेउमा बस्छन् । म बस्ने गाउँमा धेरै कुकुरहरू छन् । एउटा कुकुर भने सधैँ सडकमा मात्र बस्छ । मलाई कुकुर धेरै मन पर्छ । कुकुर पनि त एउटा हामी जस्तै प्राणी हो । सबैले कुकुरलाई माया गर्नुपर्छ । मैले आफू बस्ने गाउँको कुकुरलाई बेलुका खाना दिन्छु । कति मानिसले उनीहरूलाई पिट्ने पनि गर्छन् । उनीहरूलाई जाडाे महिनामा कति जाडाे कति दुःख हुन्छ हाेला । मेरो परिवार घर बाहिर गएको बेला कुकुरले मेराे घर अगाडि बसेर घरकाे सुरक्षा गर्छ । गाउँमा, सहरमा चाेर आयाे भने कुकुर भुकेर सबैलाई जानकारी दिने गर्छ । हामी सबै मिलेर कुकुरकाे रक्षा गर्नुपर्छ ।

1 reads

Published on 7/24/2026

Image

Aarav Kalika is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarav Kalika

Grade 5

Roll No: 34034

20

More Articles from

Student

Underline