underline

शालीनदी मेला

Underline

Share:

शालीनदी साँखुमा पर्दछ। शालीनदीसँगै स्वस्थानी मन्दिर छ। शालीनदीमा माघ महिनामा मेला लाग्ने गर्दछ । माघ महिनामा श्री स्वस्थानीको व्रत बसेर पूजा गर्न दर्शनार्थीहरूको शालीनदीमा घुइँचाे हुने गर्दछ । याे व्रतमा शिव भगवानकाे पनि पूजा गरिन्छ । मलाई शालीनदी जान मन पर्छ। म शालीनदी गएर पूजा गर्छु। पुस शुक्ल पूर्णिमादेखि देखि अर्को माघ पूर्णिमासम्म श्री स्वस्थानी माताको पूजा हुन्छ । कतिपय मानिसहरूले माघ स्नान गरेर स्वस्थानी माताको कथा सुन्ने गर्दछन् । शालीनदीको किनारमा नारायणको मन्दिर छ। मानिसहरू श्री स्वस्थानीको व्रत बसेर टाढा टाढाबाट दर्शन गर्न आउँदछन् ।

0 reads

Published on 6/22/2026

Image

Aarav Kalika is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarav Kalika

Grade 5

Roll No: 34034

20

More Articles from

Student

Underline