सपनाहरू
मेरा सपनाहरू उड्छन् आकासमा
रङ्गीचङ्गी पङ्खा लागाएर ।
फूलझैँ मुस्कुराउँछन् मेरा सपना
रातदिन मलाई साथ दिन्छन् ।
सपना देख्छु म ठुलाे बन्ने
सयाैँ साथीहरूसँग खेल्ने ।
सपना देख्छु म पढ्ने लेख्ने
नयाँ कुरा सिकेर रमाउने ।
सपना हाे मेराे उज्यालाे बाटाे
मिलेर अघि बढ्ने हाम्रै काम हाे ।
सपना देख्नु नछाेड्नु कहिले
तिमी पनि पूरा गर आफ्नाे सपना ।
1 reads
Published on 1/5/2026
Avilasha Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avilasha Manandhar
Grade 6
Roll No: 32054
18
More Articles from
Student