गाउँ सफा राख्ने
आशिष: नमस्ते रिमा, तिमीले हाम्रो गाउँमा सरसफाइ कार्यक्रम हुनेबारे सुनेकी छौ नि !
आशिष: नमस्ते रीमा, तिमीले हाम्रो गाउँमा सरसफाइ कार्यक्रम हुनेबारे सुनेकी छौ ?
रिमा: हो, म सुनेको छु। हाम्रो गाउँ विकास समितिले सबैलाई आइतबार बिहान गाउँ सफा गर्ने कार्यक्रम राखेको छ।
आशिष: राम्रो कुरा हो। हाम्रो गाउँमा कतिपय ठाउँमा फोहोर थुप्रिएको छ। त्यसलाई हटाउन सबैको सहभागिता जरुरी छ।
रिमा: बिल्कुलै हो। सफा वातावरणले हाम्रो स्वास्थ्य राम्रो राख्छ। अझै विद्यालय वरिपरि धेरै फोहोर छ, त्यो पनि सफा गर्नुपर्छ।
आशिष: सही भन्यौ। हामी विद्यार्थीहरूले पनि अग्रसर हुनुपर्छ। शिक्षक सरले भन्नु भएको थियो, "सफा गाउँ, स्वस्थ जीवन" भन्ने हाम्रो नारो हो।
रिमा: हो, अनि हामीले अरूलाई पनि सचेत बनाउनुपर्छ । धेरै मानिस फोहोर जेपनि बाटोमै फालिदिन्छन्।
आशिष: त्यसलाई रोक्न हामीले चेतना फैलाउनु पर्छ। सबैलाई बुझाउन सकियो भने गाउँ धेरै सुन्दर हुनेछ।
रिमा: म त आइतबार बाल्टिन, झाडू र डोको लिएर आउँछु । तिमी के लानेछौ?
आशिष: आउँछु अनि, हामी साथीहरू मिलेर काम गर्दा अझ रमाइलो हुन्छ ।
रिमा: हो, हामी काम पनि गर्छौं र रमाइलो पनि हुन्छ। अनि सफा गाउँ देख्दा गर्व पनि लाग्छ ।
आशिष: बिल्कुलै। हामीले आजै अरू साथीलाई यो बारेमा भन्नुपर्छ। सबै मिलेर काम गर्दा मात्र परिणाम राम्रो हुन्छ।
रिमा: ठीक छ, म त सबैलाई बोलाउँछु । बिहानै भेटौँला, ठीक छ?
आशिष: हाम्रो गाउँलाई सफा र सुन्दर बनाउँछौँ।
0 reads
Published on 10/8/2025
Avilasha Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avilasha Manandhar
Grade 6
Roll No: 32054
18
More Articles from
Student