underline

मेराे रुचि

Underline

Share:

हरेक मानिसकाे आफ्नै रुचि हुन्छ । कुनै कामप्रतिकाे चाहनालाई नै रुचि भनिन्छ । हाम्रा रुचि भएका कामहरू गर्दा हामीलाई आनन्द हुन्छ । हाम्राे समय राम्राे बनाउँछ र जीवनमा उत्साह ल्याउँछ । मेराे रुचि किताब पढ्नमा नयाँ कुरा सिक्ने कुरामा छ । मलाई थाहा छ अहिले सिकेका कुरा मैले भविष्यमा मेराे जीवनमा धेरै काम लाग्नेछन् । खाली समयमा प्राय किताब पढ्छु । किताब पढेर म किताबमा भएका पात्रसँगै रमाउँछु । कहिले हाँस्छु र भावुक पनि हुन्छु । कहिले विज्ञान,एतिहास र यात्रासम्बन्धी किताब पढ्छु । किताबले मलाई नयाँ कुरा सिक्न र जीवनकाे अनुभव गर्न मद्दत गर्छ । किताब पढ्दा मैले आफ्नाे भाषिक क्षमताकाे विकास हुन्छ । फुर्सदकाे समयमा म पहाड,नदी,फूल र जनावरकाे चित्र पनि बनाउँछु । यी रुचिहरूले मलाई समयकाे सदुपयाेग गर्न सहयाेग गर्छ । यी रुचिहरूले मलाई खुसी मात्र दिँदैनन् ज्ञान पनि प्रदान गर्छन्। यी रुचिहरूले मलाई सदा सफल बनाउँछ भन्ने विश्वास छ ।

0 reads

Published on 10/30/2025

Image

Avilasha Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Avilasha Manandhar

Grade 6

Roll No: 32054

18

More Articles from

Student

Underline