पुस्तककाे महत्त्व
पुस्तककाे महत्त्व
पुस्तक हाम्राे सबैभन्दा राम्राे साथी हाे । पुस्तकले हामीलाई धेरै नयाँ कुरा सिकाउँछ । हामीले नजानेका विषयहरू पुस्तक पढेर जान्न सकिन्छ । राम्राे पुस्तकले सही बाटाे देखाउँछ र राम्राे बानी बसाल्न मद्दत गर्छ । विद्यार्थीका लागि पुस्तक धेरै महत्त्वपूर्ण छ । पुस्तक पढ्दा हाम्राे ज्ञान बढ्छ । पुस्तकले साेच्ने शक्ति पनि बढाउँछ । पुस्तक पढ्ने बानी सानैदेखि बसाल्नुपर्छ । बिहान र बेलुका केही समय मिलाएर पुस्तक पढ्ने समय निकाल्नुपर्छ । पुस्तक पढ्दा मन शान्त हुन्छ । पुस्तकले हामीलाई धैर्य गर्न सिकाउँछ । कथामा भएका पात्रहरूकाे माध्यमबाट राम्रा र नराम्रा कुराहरू छुट्याउन सक्छाैँ । ऐतिहासका पुस्तकहरूले पुराना कुराहरूकाे ज्ञान दिन्छन् । पुस्तक पढ्दा शब्दकाेश प्रयाेग गर्ने बानी पनि बस्छ । आजकल माेबाइल र टेलिभिजन धेरै छन् । यसरी पुस्तकले हाम्राे साेच,बाेली र व्यवहारमा पनि सुधार ल्याउँछ । हामीले पुस्तक नियमित पढ्नुपर्छ ।
0 reads
Published on 2/18/2026
Avilasha Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avilasha Manandhar
Grade 6
Roll No: 32054
18
More Articles from
Student