गाईजात्रा
गाईजात्रा काठमाडौँमा मनाइने एकदमै रमाइलो र रोचक पर्व हो । "गाईजात्रा" भन्नाले गाईको जात्रा भन्ने बुझिन्छ । गाईजात्राको सुरुवात राजा प्रताप मल्लको समयमा भएको हो । राजा प्रताप मल्लले मृत्यु भएका व्यक्तिहरूको सम्झना गर्न यो पर्वको सुरुवात गरेका हुन् । याे पर्व नेवारी समुदायमा प्रचलित छ । यस पर्वमा मानिसहरूले गाईको रूपमा सजिएर, गाईको टोली बनाएर सडकमा हिँड्छन् । यसले मृत्युको शोकलाई खुसी र उल्लासमा बदल्न मद्दत गर्छ । गाईजात्रामा धेरै रमाइला गतिविधिहरू हुन्छन् । मानिसहरूले गाईको वेशमा सजिएर रङ्गिन कपडा र मास्क लगाएर सडकमा हिँड्छन् । यसले सबैलाई हँसाउँछ र उत्सवको मजा थप्दछ । साथै, यस पर्वमा हाँस्यनाटक र गाना पनि प्रस्तुत गरिन्छ । कलाकारहरूले समाजका कुरा मजाकमा प्रस्तुत गरेर हाँसोको माहोल बनाउँछन् । यसले मानिसहरूलाई हँसाउँछ र केही समयको लागि समस्याहरूलाई बिर्सन मद्दत गर्छ। गाईजात्रा पर्व काठमाडौँको सांस्कृतिक धरोहर हो । यस पर्वले हामीलाई शोक र दुःखलाई खुसी र उल्लासमा बदल्ने अवसर दिन्छ। यो पर्व जीवनको सकारात्मक पक्षलाई मनन गर्न मद्दत गर्छ र हामीलाई हाँस्न र रमाइलो गर्न प्रोत्साहित गर्छ। यस पर्वले काठमाडौँको सांस्कृतिक विविधतालाई झल्काउँछ ।
0 reads
Published on 9/26/2024
Avilasha Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avilasha Manandhar
Grade 5
Roll No: 32054
18
More Articles from
Student