आकाश
माथि हेर्छु निलो आकाश
कति सुन्दर कति छ यो खास
बादलहरू खेल्छन् जस्तो कपास
मनै रमाउँछ मेटिन्छ त्रास
बिहान सूर्य सुनौलो हाँस्छ
दिनभरि संसारलाई तातो पार्छ
साँझमा रातो रङमा पार्छ
ताराहरू झिमिकझिमिक रातलाई ढाक्छ
चराहरू उठ्छन् स्वतन्त्र भएर
गाउँछन् मधुर धुन हावामा तैरिएर
हाम्रो यो धर्ती कति छ सुन्दर
आकाशले हेर्छ मायाले भरिएर
आकाश विशाल मन पनि विशाल
सकारात्मक सोच राखौँ हरहाल
खुल्ला हृदयले जिऔँ यो चाल
प्रकृतिको सुन्दरतामा रमाऔँ तत्काल ।
0 reads
Published on 12/15/2025
Nitika Kapali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nitika Kapali
Grade 8
Roll No: 2029019
7