हाम्रो घर
मेराे नाम नीतिका कपाली हाे । हाम्रो घरमा तीन जनाकाे सदस्य छाैँ । मेरी आमा, बाबा र म घरमा मिलेर बस्छाैँ । हाम्रो घर जयवागेश्वरीमा छ । हाम्रो घर तीन तलाकाे छ । हाम्रो घारमा आठवटा कोठाहरू छन् । हाम्रो घर इँटा, बालुवा र सिमेन्टले बनेको छ र हाम्रो घरकाे दुई तलामा अरु नै मानिसहरू बहालमा बस्छन् । हाम्रो घरमा बरण्डा पनि छ । हामी त्यस बरण्डाबाट गाईजात्रा तथा अन्य पर्वहरू हेर्छाैँ । हाम्रो घरको कौसीमा एउटा सानो बगैँचा पनि छ । त्यस बगैँचामा धेरै थरीका फूलहरू छन् । मलाई हाम्रो घर धेरै मनपर्छ ।
0 reads
Published on 9/9/2020
Nitika Kapali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nitika Kapali
Grade 3
Roll No: 2029019
7