मेरो बिरालो
मेरो घरमा एउटा बिरालो छ । बिरालोका दुईवटा आँखा र कान छन् । यसका चारवटा खुट्टा छन् । बिरालाका आँखा ठुला ठुला छन् । मेराे बिरालोकाे नाम राेजी हाे । मैले नै यसको नाम राखिदिएकी हुँ । यसलाई मासुभात, खान मन पर्छ । यसलाई दूधभात पनि मन पर्छ । यस बिरालोको स्वभाव राम्रो छ । याे मेराे साथी जस्तै हो । मेराे वरिपरि घुमिरहन्छ । म बसेको ठाउँ, भान्सातिर आएर लुटुपुटु पनि गर्छ । याे लुसुलुसु हिँड्छ । बिरालाको अनुहार हेर्दा याे सानो बाघ जस्तो देखिन्छ । मेरो छेउमा आएर सानो आवाजले म्याउँ म्याउँ गर्छ । यसले दूध पायो भने पनि खान्छ । बिरालाले मुसालाई पनि लखेट्छ । हाम्रो घरमा मुसालाई आउन दिँदैन । मेराे बिरालाे गुनिलो छ ।
0 reads
Published on 1/26/2021
Nitika Kapali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nitika Kapali
Grade 3
Roll No: 2029019
7