underline

दयालु हिमालको कथा

Underline

Share:

एक समयको कुरा हो। एउटा सानो र रमणीय गाउँ थियो। त्यही गाउँमा हिमाल नामको एउटा दयालु र मिलनसार केटाे बस्दथ्यो। उसकाे साथमा ‘काले’ नामको एउटा सानो कुकुर पनि थियो। हिमाल र काले सधैं सँगै खेल्थे—कहिले खेतमा दौडिन्थे, कहिले खोलाको किनारमा बसेर पानी पर्दै गरेको दृश्य हेर्थे। एकदिन उनीहरू जङ्गलको छेउमा खेल्न पुगे। त्यहाँ खेल्दाखेल्दै भुइँमा लडिरहेको एउटा सानो चरा देखे। चराको पखेटा नभएर घाइते थियो । त्यसैले ऊ उड्न सकिरहेको थिएन। चरा देख्दा हिमालको मन दुःखी भयो। उसले बिस्तारै चरालाई उठायो र भन्यो, “नडराऊ सानो चरा, म तिमीलाई निको पारिदिन्छु।” हिमालले चरालाई घरमा लग्याे । उसले चराको घाउ सफा गरिदियो र पानीसँगै चामल पनि खुवायो। काले पनि चराको छेउमै बसेर शान्त रूपमा हेरिरह्यो। केही दिनसम्म हिमालले चरालाई माया गरेर हेरचाह गर्यो। बिस्तारै चरा निको हुन थाल्यो। एक बिहानै चराले खुसी हुँदै पखेटा फट्फटायो र मीठो स्वरमा करायो। हिमालले बुझ्यो—अब चरा उड्न सक्षम भइसकेको छ। उसले चरालाई आँगनमा लगेर आकाशतिर छोडिदियो। चरा रमाउँदै नीलो आकाशमा उड्यो। उड्नु अघि चरा एकछिन हिमालको काँधमा बसेर मानौँ “धन्यवाद” भनिरहेझैँ लाग्यो। यो देखेर हिमाल निकै खुसी भयो। उसले बुझ्यो—अरूलाई सहयोग गर्दा मनमा अपूर्व आनन्द मिल्छ। त्यस दिनदेखि हिमाल, काले र त्यो चरा मिल्ने साथी बने। चरा हरेक दिन हिमालको घरमा आएर मिठो गीत गाएर सुनाउँथ्यो।

3 reads

Published on 1/21/2026

Image

Presley Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Presley Bhattarai

Grade 7

Roll No: 2030026

8

More Articles from

Student

Underline