underline

किसान

Underline

Share:

नेपाली समाजको मेरुदण्ड र हाम्रो राष्ट्रको वास्तविक नायक हुन् – किसान। उहाँहरू नै हुन् जसको अथक परिश्रम र दुःखले हाम्राे खाद्यान्नको आपूर्ति भइरहेको हुन्छ। किसान बिनाको राष्ट्र कल्पना गर्न पनि सकिँदैन।

किसानको दिनचर्या अत्यन्तै कठिन हुन्छ। उहाँहरू बिहानतिरै सूर्यको पहिलो किरणसँगै उठ्छन् र आफ्नो कृषि कार्यमा जुट्छन्। हातमा कोदाली, फलाम र हलाे लिएर उहाँहरू खेतमा पुग्छन्। चाहे जेठको तातो होस् वा पुसको जाडो, किसानको काम रोकिँदैन। पसिना बगाउँदै, आफ्नो श्रमले धरतीलाई सिँचाउँदै उहाँहरू अन्न, तरकारी, फलफूल र अन्य फसल उब्जाउँछन्।

किसानहरू प्रकृतिको साथमा बस्छन्। उहाँहरूलाई मौसमको ज्ञान हुन्छ, जमिनको भाषा बुझ्छन् र प्रकृतिको हरेक सङ्केतलाई अर्थ लगाउन सक्छन्। उहाँहरूको जीवन साधारण भए पनि, उहाँहरूको ज्ञान असाधारण हुन्छ। हामीले खाने भातको प्रत्येक दानामा, सागको प्रत्येक टुक्रामा किसानको पसिना र समर्पण छ।

तर आज, किसानहरूले धेरै समस्याहरूको सामना गर्दैछन्। फसलको उचित मूल्य नपाउनु, प्राकृतिक प्रकोप, र आधुनिक प्रविधिसँग जोडिन नसक्नु उहाँहरूका प्रमुख चुनौतीहरू हुन्। यो हाम्रो कर्तव्य हो कि हामी किसानहरूको महत्त्व बुझौँ र उहाँहरूलाई सहयोग गरौँ। उहाँहरूलाई सम्मान गरौँ, किनभने किसान नै हाम्रो वास्तविक अन्नदाता हुनुहुन्छ।

यदि किसानले बिउ रोप्न छोड्दिए भने देशले भोकमरी देख्नेछ। त्यसैले, किसानको सम्मान गर्नु, उहाँहरूको हरेक पसिनाको मोल बुझ्नु र अन्नको कदर गर्नु हामी सबैको नैतिक जिम्मेवारी हो। किसान नै हाम्रो समाजको आधारस्तम्भ हुन्।

0 reads

Published on 12/2/2025

Image

Presley Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Presley Bhattarai

Grade 7

Roll No: 2030026

8

More Articles from

Student

Underline