मेराे देश नेपाल
नेपाल भूपरिवेष्ठित देश हाे । हाम्राे देश नेपाल चिन भारतकाे बिचमा छ । नेपालसँग धेरै गाउँ र शहरहरू छन् । हाम्राे देशकाे विश्वमा कहीँ नभएकाे त्रिकाेण आकारकाे झण्डा छ । नेपालमा धेरै ठुलासाना नदीहरू छन् । यहाँ विश्वकाे अग्लाे हिमाल छ जसले नेपाललाई विश्वमा चिनाएकाे छ । नेपालमा विश्वका अग्ला हिमालहरूमध्ये आठ ओटा हिमाल यहीँ छन् । नेपालकाे राष्ट्रिय जनावर गाइ हाे भने राष्ट्रिय चरा डाँफे हाे । याे देशलाई बुद्धकाे देश भनेर पनि चिनिन्छ । हाम्राे देश नेपाललाई मन्दिर नै मन्दिरकाे देश भनेर पनि चिनिन्छ । नेपालमा विभन्न जातजातिहरू मिलेर बसाेबास गर्छन् । सबै जात, भाषा र भेषभुषा लगाउने मानिसहरू एकआपसमा सहयाेगी भएर बसेका छाैँ ।
0 reads
Published on 11/10/2021
Kabya Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kabya Satyal
Grade 4
Roll No: 30042
13
More Articles from
Student