मेरो देश
मेरो देश नेपालको नामले चिनिन्छ । नेपाल संसारकै एक सुन्दर र शान्तिपूर्ण देश हो । यो एसिया महाद्वीपको दक्षिण भागमा, भारत र चीनको बिचमा अवस्थित छ । नेपाल सानो देश भए पनि यहाँ धेरै पहाड, हिमाल, जंगल, नदी, ताल र हरियाली छन् । नेपालमा सगरमाथा छ, जुन संसारकै सबैभन्दा अग्लो हिमाल हो । त्यसैले धेरै पर्यटकहरू नेपाल हेर्न आउँछन् । नेपालमा लुम्बिनी पनि छ, जुन भगवान गौतम बुद्धको जन्मस्थान हो । यसले नेपाललाई विश्वमा शान्तिको देशको रूपमा चिनाएको छ । नेपालमा धेरै भाषा, धर्म र संस्कृतिहरू पाइन्छन् । यहाँका मुख्य धर्महरू हिन्दू, बौद्ध, इस्लाम र किराँत हुन् । सबै धर्म र जातिका मानिसहरू आपसमा मेलमिलाप र सद्भावमा बस्दछन् । नेपाली भाषा हाम्रो राष्ट्रभाषा हो । यहाँका धेरै मानिसहरू कृषि खेतीपाती गरेर जीवन यापन गर्छन् । साथै,नेपालमा शिक्षाको स्तर पनि विस्तारै राम्रो हुँदै गएको छ । बालबालिका पढ्न विद्यालय जान थालेका छन् र मानिसहरू परिवर्तनतर्फ अघि बढिरहेका छन् । म आफ्नो देश नेपाललाई धेरै माया गर्छु । म चाहन्छु कि हाम्रो देश अझ विकसित, सफा र सुन्दर बनोस् ।
0 reads
Published on 9/2/2025
Kabya Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kabya Satyal
Grade 8
Roll No: 30042
13
More Articles from
Student