underline

मेराे मामाघर

Underline

Share:

मेराे मामाघर धरानमा छ । त्यहाँ मेरा मामाहरू,हजुरबुबा,हजुरआमा हुनुहुन्छ । खेत,बारी, पाखापखेराले धरानलाई सुन्दर बनाएकाे छ । मामाघरमा पनि वरिपरि प्रशस्त खेतबारी छ । मामाहरूले त्यहाँ मकै,गहुँ,धान इत्यादिकाे खेती गर्नुहन्छ । भाेगटे, अम्बा, लिची,आँप जस्ता फलफुल त्यहाँ छन् । माैसमअनुसारका फलहरू मैले मामाघरमा जाँदा खान पाउँछु । म मामाहरूसँग घुम्न पनि जान्छु । गर्मी समयमा काठमाडाैँभन्दा अलि बढी नै गर्मी हुने हुनाले मलाई दिक्क लाग्छ । दशैँ र तिहारकाे बेलामा जाँदा मलाई धेरै रमाइलाे लाग्छ । धरान नेपालकै घुम्न लायक ठाउँ पनि हाे । यहाँ बुढासुब्बा मन्दिर पनि छ । यस मन्दिरमा मागेकाे कामना पूरा हुने विश्वास पनि गरिन्छ । मलाई मेराे विद्यालय बिदा हुनेबित्तिकै मामाघर जान मन लाग्छ ।

0 reads

Published on 2/1/2022

Image

Kabya Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kabya Satyal

Grade 4

Roll No: 30042

13

More Articles from

Student

Underline