खाना
हामीलाई बाँच्नको लागि खाना चाहिन्छ । स्वस्थ रहन पनि खाना चाहिन्छ । हामीले खाने खाना जनावरहरू र वनस्पतिहरूबाट पाउँदछाैँ । । सागसब्जी, दाल, गेडागुडी, भात, पिठो आदि वनस्पतिबाट पाइने खाना हुन् । माछा, मासु, अन्डा, दुध, दही, घिउ, पनिर, चिज आदि जनावरहरूबाट पाइने खाना हुन् । हाम्रा खानेकुराहरू तीन किसिमका हुन्छन् । शरीरको रक्षा गर्ने, शक्ति दिने र शरीरको वृद्धि गर्ने हुन् । चामल, चिउरा, पिठो, मकै, आलु आदि शक्ति दिने खानेकुराहरू हुन् । साग, फर्सी, लौका, घिरौला तथा फलफूलहरू शरीरलाई रक्षा गर्ने खाने कुराहरू हुन् । गेडागुडी, दाल, सिमी, बदाम, दही, दूध, घिउ, पनिर, मासु आदि शरीरको वृद्धि गर्ने खानेकुराहरू हुन् । हामी निरोगी हुन ताजा र सन्तुलित खाना खानुपर्छ ।
2 reads
Published on 9/20/2025
Siddhika Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Siddhika Malla
Grade 4
Roll No: 34025
15
More Articles from
Student