underline

होली

Underline

Share:

होली हिन्दुहरूको प्रमुख रमाइलो पर्व हो । यो पर्व विशेष गरी रङहरूसँग खेलेर मनाइने भएकोले यसलाई रङहरूको पर्व पनि भनिन्छ । होली हरेक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । होली नेपालको पहाडी क्षेत्रमा एक दिन अगाडि र तराईमा एक दिनपछि मनाइन्छ । नेपालको विभिन्न ठाउँमा होली उत्सव फरक फरक तरिकाले मनाइन्छ ।होली पर्व सत्ययुगका दैत्यराज हिरण्यकश्यपु र उनकी बहिनी हाेलीका माथि प्रल्हादकाे विजय भएकाे दिनमा मनाइन्छ । असत्यमाथि सत्यकाे जितकाे रूपमायो पर्वमनाइन्छ । नेपालमा धेरैजसो ठाउँहरूमा एकआपसमा विभिन्न किसिमका रङहरू लगाएर खेलिन्छन् । यस पर्वमा पानीमा रङ घोलेर अथवा सादा पानी बेलुनमा भरेर एकअर्कामा हानेर खेल्ने चलन पनि छ । होलीमा म र भाइ पिच्कारीले हानाहान गर्छौं । मलाई होली चाड मन पर्छ किनकि मलाई यो पर्व धेरै रमाइलो लाग्छ ।

0 reads

Published on 2/20/2024

Image

Reyansh Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reyansh Basnet

Grade 4

Roll No: 32030

8

More Articles from

Student

Underline