underline

म र मेरो परिवार

Underline

Share:

मेरो नाम रेय‌ंश बस्नेत हो । म नौ वर्षको भएँ । मेरो भाइको नाम रिवान बस्नेत हो। मेरो बाबाको नाम गणेश बस्नेत हो। मेरी आमाको नाम एलिना बस्नेत हो। मेरो भाइ दुई वर्षको भयो। म नयाँ बानेश्वरमा बस्छु। मेरो बाबा कार्यालयमा काम गर्नुहुन्छ । हामी बिदाकाे समयमा विभिन्न ठाउँहरू घुम्न जान्छाैँ । म कक्षा चारमा पढ्छु। मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरा साथीहरूको नाम रिजन, विश्रान्त, शुभआशिष, वेदान्त आदि हुन् । म साथीहरूसँग मिलेर पढ्छु र खेल्छु । मेरो मन पर्ने विषय गणित हो। मेरो मन पर्ने खेल फुटबल हो। मेरो मन पर्ने खाना पिज्जा हो। मलाई पुस्तक पढ्न मन लाग्छ । म वर्षमा दुई तीनचोटि तराई जान्छु । तराईमा पनि हाम्राे घर छ । तराईमा समथल जमिन छ । तराईकाे वातावरण रमाइलाे छ । तराईमा वनजङ्गलहरू पनि छन् । मलाई तराई रमाइलाे लाग्छ ।

0 reads

Published on 3/11/2024

Image

Reyansh Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reyansh Basnet

Grade 4

Roll No: 32030

8

More Articles from

Student

Underline