सिन्धुको कथा
सुनको झल्को पोख्दछ सारा कर्णाली छातिमा
बग्दछ सिन्धु कथामा जोडी पहाडको काखमा
श्रमको रङ उब्जन्छ सारा खेतमा लहरै
धान र बाली चम्किन्छ हेर हिरा र मोति झैँ
फूलको थुँगा चुढाइ हेर सिरमा सजेको
गुन्यु र चोली पटुकी कसी रोदीमा नाचेको
गुन्जन्छ भाका मादलसँग सालको वनमा
आउँछ जान्छ वसन्त ऋतु मोहनी रूपमा
गोठाला भिरी हँसिया बोकी भाकामा गाउँला
डोकामा घाँस पिठ्युमा आश बाँधेर आउँला
गाउँछ गीत गाइने हेर सारङ्गी रेटेरै
नाच्दछ सेती मुहार फेरी झुल्केको बिहानै
14 reads
Published on 12/8/2025
Kristina Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kristina Rai
Grade 11
Roll No: 2026009
10
More Articles from
Student