हेटौँडा
हेटौँडा मकवानपुर जिल्लाको सानो सहर हो । यो ठाउँ सानो भएर पनि अत्यन्त सुन्दर,शान्त र मन लोभ्याउने छ। हेटौँडामा अहिले ८४,७७८ जना मानिसहरूको बसाेबास रहेकाे छ। हेटौँडा अत्यन्त हरियाली ठाउँ हो । यो ठाउँ अग्ला अग्ला पहाडहरूले घेरिएको छ। अग्लो डाँडाबाट हेर्दा त हेटौँडाको दृश्य साह्रै मनमोहक छ। यहाँ धेरै गाडिको धुलो धुवाँ र फोहोर धेरै कम मात्रामा छ। यहाँ धेरै राम्रा राम्रा घुम्ने ठाउँहरू छन् । काठमाडौँबाट हेटौँडा आउँदा बाटोभरि हरिया रुखहरूले देख्न सकिन्छ। यी हरिया रुखहरूले बोटोहरू त झन सुन्दर र हरियाली देखाएका छन् । यहाँ गुड्ने साधनमा अटो रिक्साहरू धेरै मात्रामा चल्छन् । हेटौँडाका बाटाहरू अत्यन्त सुन्दर छन् ।
यहाँ अत्यन्त रमाइलो सहिद स्मारक छ। यो ठाउँ घुम्नका लागि साह्रै रमाइलो छ। यहाँको सुन्दरताले धेरै मानिसहरू फोटो खिच्न आउँछन्। साथै यहाँ वनभाेज पनि खान आउँछन्। यहाँ मनोरञ्जनको लागि खेल्ने कुरा र खतरनाक जनावरहरू पनि पालिएका छन् ।
हेटौँडामा धेरै बर्ष अगाडि राज्य गरेका पृथ्वी नारायण शाहका हतियारहरू छन् । यो ठाउँको प्रकृतिले मन छुन्छ । यहाँ धेरै मानिसहरू घुम्म आउँछन्।यो ठाउँलाइ मकवानपुर गढी नामले चिनिन्छ।यहाँ अरू पनि धेरै राम्रा राम्रा घुम्ने ठाउँहरू छन् । यहाँको हरियाली सुन्दरताले गर्दा मलाई हेटौँडा धेरै मनपर्छ।
0 reads
Published on 2/15/2021
Kristina Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kristina Rai
Grade 6
Roll No: 2026009
10
More Articles from
Student