underline

अहङ्कार

Underline

Share:

अहङ्कार

फूल फुल्छ, ओइलाउँछ,

ऋतु फेरिन्छ,

सुख र दुःख दुवै बितेर जान्छन्,

तर अहङ्कारले बाँधेर राखेको कमलो मन

परिवर्तनको प्रश्नमा अझै लुकिरहन्छ,

यही बोध हो सर्वोच्च मानवता

र सच्चा मानवीयताको।

जसरी भरिएको गाग्रीमा

अरू पानी अटाउँदैन,

त्यसरी नै अहङ्कारको सिकार भएको मनमा

सन्तुष्टि र शान्तिले कहिल्यै ठाउँ पाउँदैनन्।

तर विडम्बना,

मानिस यही परिवर्तनको पछि लागेर

भागदौडमै जीवन बिताउँछ,

आफूलाई शाश्वत ठान्दै

आफ्नै भ्रममा हराउँछ।

आफूलाई महान् ठान्ने

घमण्डको पर्खालभित्र

मानिस बिर्सन्छ आफ्नो क्षणभङ्गुर अस्तित्व।

संसार जित्ने दौडमा दौडिँदा–दौडिँदै

आफ्नै आत्मसम्मान र करुणा गुमाउँछ।

माटोको यो शरीर अन्ततः

माटोमै मिलेर जान्छ,

तर मानिस अझै

अहङ्कारको भारी बोकेर बाँचिरहन्छ।

यदि त्याग्न सके

अहङ्कार र घमण्डको बोझ,

अनि स्वीकार्न सके

जीवनको शाश्वत सत्य,

रित्तो गाग्रीझैँ भरिनेछ

मनमा फेरि प्रेम र शान्ति।

अनि मात्र भेटिनेछ

सच्चा मानवताको अर्थ,

जहाँ आत्माले पाउनेछ मुक्ति

र मनले पाउनेछ विश्राम।

4 reads

Published on 8/14/2026

Image

Kristina Rai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kristina Rai

Grade 12

Roll No: 2026009

12

More Articles from

Student

Underline